×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बंगलादेश बैंक र नबिलबीचको ‘मर्जर’भित्रको ‘इन्साइड स्टोरी’ : यस्ता छन् २ बैंकभित्रका भित्री ४ तयारी…!

PRIME CA
GLOBAL IME BANK

नेपाल बंगलादेश बैंक र नबिलबीचको ‘मर्जर’भित्रको ‘इन्साइड स्टोरी’ : यस्ता छन् २ बैंकभित्रका भित्री ४ तयारी…!

१ मंसिर २०७८, बुधबार

पढ्न लाग्ने समय: < ३ मिनेट

काठमाडौं । नेपाल बंगलादेश बैंक र नबिल बैंकबीचको मर्जर चर्चा धेरै अघिदेखिको हो । यसो त नबिल बैंकसँग यति धेरै संस्थाको नाम मर्जरका लागि भनेर जोडीसक्यो कि बजारमा सीइओहरु नै हाँसी मजाकमा भन्छन्- ‘अव नबिल बैंकसँग मर्जरको कुरा हुन ब्लड बैंकको चर्चामात्र बाँकी छ ।’ तर यसपाली स्टोरी केहि फरक छ । नेपाल बंगलादेश बैंक र नबिलको मर्जर  ‘किनारा’ मा पुगिनसकेपनि मर्जरको तयारी धेरै परसम्म पुगिसकेको छ । यतिसम्मकि अव मर्जरको सम्झौता छिट्टै गरौँ भन्नेसम्मको तहमा तयारी पुगेको छ । तर यो मर्जर हुँदै गर्दा उता हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जर भाँडीएको सुनेका बंगलादेश बैंक र नबिलका उच्च व्यवस्थापन त्यसबाट पाठ सिकेर पहिला नै सबै कुरा मिलाएर अगाडी बढ्ने रणनीतिका साथ अगाडी बढिरहेका छन् ।

दुई बैंक मर्जरमा गएको अवस्थामा हाल नेपाल बंगलादेश बैंकका सीइओ रहेका ज्ञानेन्द्र प्रसाद ढुंगाना बैंकको सीइओ बन्नेछन् । उनको कार्यकाल बंगलादेश बैंकमा यहि पुषसम्म मात्र छ । उता नबिलमा पनि अनिल केशरी शाहको कार्यकाल अव जेठसम्म मात्र छ । यो मर्जर सम्पन्न गरेर ढुंगाना नबिल बैंकको सीइओ बन्ने रणनीतिमा छन् भने यता अनिल केशरी शाह बिदा हुने हुनाले ढुंगानापछीको हाकिम बन्ने रणनीतिमा नबिलका हालका डेपुटीहरु पनि छन् । त्यसैले पनि उनीहरुका लागि पनि यो मर्जर छिट्टो टुंगीदिए हुन्थ्यो भन्ने छ । त्यहि अनुसार काम अगाडी बढीसकेको छ । आफ्नो नम्बर १ को ताज अरु कसैले खोस्न लागिसकेको भन्दै नबिल बैंक सो ताज जोगाईराख्न अव मर्जरको विकल्प नरहेको निष्कर्ष निकालेर मर्जरका लागि अगाडी बढेको छ । उता बाणिज्य बैंकसँग मर्जर गरेको खण्डमा बिनोद चौधरीको ठुलो रकम करपनि जोगिन्छ ।

चाडबाड सकिएपछी झन् अगाडी बढ्यो कुरा 

यसो त नबिल बैंक र बंगलादेश बैंक बीचको मर्जर निकै अगाडी देखि चर्चामा थियो । तर यी दुई बैंकको मर्जरको तयारी चाडबाड सकिएपछी अझ तातेको छ । नबिल बैंकका अध्यक्ष उपन्द्र पौडेल पनि मर्जरको तयारीमा लागिसकेका छन् । बैंकमा महत्वपूर्ण हिस्सा बनेका निर्वाण चौधरी पनि यो मर्जरका लागि राजी छन् । विनोध चौधरीलाईसमेत यो मर्जरका लागि राजी बनाईसकिएको छ । मर्जरका लागि बंगलादेश बैंकका तर्फबाट ज्ञानेन्द्र ढुंगाना र नबिल बैंकका तर्फबाट मनोज ज्ञवालीले जिम्मा लिएका छन् । यी दुवै चार्टड एकाउन्टेन्ट हुन् भने चौधरीसँग निकै नजिक भएका बैंकर हुन् । यी दुवैले आआफ्नो ठाउँबाट नेपाल राष्ट्र बैंकदेखि एनबि बैंकको मूख्य सेयरधनी बंगलादेशको आइएफआइसी बैंकसम्म कुरा मिलाउने जिम्मा लिएका छन् ।

यस्ता छन् बैंकभित्रका ७ तयारी !

१. यो मर्जर गन्तब्यमा पुगेको खण्डमा हाल नेपाल बंगलादेश बैंकका सीइओ ज्ञानेन्द्र ढुंगाना बैंकका प्रमुख कार्यकारी अधिकृत बन्नेछन् । हालका नबिल बैंकका सीइओ अनिल केशरी शाह यहि जेठमा बैंकबाट बिदा हुँदैछन् ।

२. नबिल बैंकका डेपुटी सीइओ सुजित शाक्य अव आफ्नो पालो नआउने छनक देखेर अन्य बैंकमा जाने तयारी गरिसकेका छन् । यसअघि पनि उनले बैंक अफ काठमाडौँमा जाने तयारी गरिसकेका थिए । यतिसम्मकि उनले केहि मिडियाकर्मीहरुलाई भेटेरै आफुले नबिल बैंक छोड्न लागेको बताएका थिए । तर यता हल्ला चलाएर उता बार्गेनिङ गर्ने प्रयास गरेका शाक्य सफल हुन सकेनन् । उनी नबिलमै रहे भने अव उनको पद उही, तलव उही तर जिम्मेवारीमा घटुवा हुनेछ ।

अर्का डेपुटी सीइओलाई कसरी एडजष्ट गर्ने भन्ने कुरा भने टुंग्याउन बाँकी छ । यता नेपाल बंगलादेश बैंकका हालका डेपुटी सीइओ सुरेन्द्र भुषण श्रेष्ठ र नबिल बैंकका डेपुटी सीइओ मनोज ज्ञवालीमध्ये एक बैंकको सिनियर डेपुटी सीइओ र एक जना डेपुटी सीइओ रहनेछन् ।

३. बंगलादेश बैंकमा सुरेन्द्र पछाडीका केहि उच्च व्यवस्थापनलाई विदा गर्ने जिम्मा ढुंगाना लिएका छन् भने यता नबिल बैंकमा रहेको उच्च व्यवस्थापनलाई कसरी एडजष्ट गर्ने भन्ने जिम्मा नबिलले लिएको छ । तर धेरै कुरामा नबिल नै माथि हुनेछ । नेपाल बंगलादेश बैंकबाट बिदा गर्न नमिल्ने वा बिदा नहुनेहरुलाई पद घटुवा गरेर नबिलमा लगिनेछ । उनीहरुको तलव भने नबिलमा गएर बढ्नेछ । यो चाल पाएका नेपाल बंगलादेश बैंकका कतिपय सिनियर स्टाफहरु बैंक छोड्ने तयारीमा समेत छन् ।

४. मर्जरपछी बैंकको नाम नबिल बैंक  नै राख्ने सहमति भईसकेको छ ।

कहिले हुन्छ सम्झौता ?

अव केहि समयभित्रै ‘गुड न्युज’ आउने तयारी छ । नेपाल बंगलादेश बैंकका उच्च अधिकारीहरु यो समाचार तयार गर्दासम्म आफ्नै एजीएममा व्यस्त छन् । उता नबिलमा मर्जरको तयारी ठुलो छ । यो समाचार तयार गरेकै अघिल्लो दिन पनि सुजित शाक्यले अर्को बैंकमा जाने गरी छलफल अगाडी बढाएका छन् । उनको बैंकिङ मुभमेन्ट पछिल्लो समय अस्थिर छ । सिभिलबाट जनता हुँदै उनी ग्लोबल आइएमइ बैंक गएका थिए । त्यहाँ छोडेर उनी नबिल आएका थिए । नबिलमा उनले पछाडी आएकाहरुले आफुलाई उछिनेको भन्दै खुल्लमखुल्ला गुनासो गर्दै आएका छन् । यहि गुनासोका बीच उनी अरु बैंकमा सीइओ बन्न कस्सिएर लागेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: