Skip to content
LAXMI SUNRISE BANK

नेशनल पेमेन्ट स्वीच सञ्चालनमा जोडिए १८ वटा वाणिज्य बैंकसहित २९ वटा वित्तीय संस्था

अर्थ सरोकार

काठमाडौं । नेशनल पेमेन्ट स्वीच सञ्चालनका लागि १८ वटा वाणिज्य बैंकसहित २९ वटा वित्तीय संस्थाहरु आबद्ध भएका छन् । नेपाल क्लियरिङ हाउसलाई नेशनल पेमेन्ट स्वीच सञ्चालनका लागि नेपाल राष्ट्र बैंकले केहीदिन अघि मात्रै स्वीकृति दिएको थियो । स्वीकृति पाएपछि स्वीच सञ्चालन गर्न हाउससँग १८ वाणिज्य बैंक, ५ विकास बैंक र ६ वटा फाइनान्स गरी २९ बैंक तथा वित्तीय संस्थाहरु जोडिएका हुन् । बिहीबार हाउस र बैंक तथा वित्तीय संस्थाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

नेशनल पेमेन्ट स्वीच सञ्चालनमा जोडिएका वाणिज्य बैंकहरुमा प्रभु बैंक, नेपाल बंगलादेश बैंक, कृषि विकास बैंक, बैंक अफ काठमाण्डु,सेञ्चुरी कमर्सियल बैंक, सिटिजन्स बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक, लक्ष्मी बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, नबिल बैंक, एनआईसी एशिया बैंक, एनसीसी बैंक, एनएमबि बैंक, प्राइम कमर्सियल बैंक, सानिमा बैंक र सनराइज बैंक रहेको छन् ।

यसैगरी विकास बैंकहरुमा मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक, कामना सेवा विकास बैंक, लुम्बिनी विकास बैंक, महालक्ष्मी विकास बैंक रहेका छन् भने फाइनान्स कम्पनीहरुमा गुडविल फाइनान्स, आईसिएफसि फाइनान्स, रिलायन्स फाइनान्स, समृद्धि फाइनान्स, मञ्जुश्री फाइनान्स र सेन्ट्रल फाइनान्स, रहेका छन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK