काठमाडौँ । नेपाल बंगलादेश बैंकको एक शाखामा भीषण आगलागी भएको छ । बैंकको तेह्रथुमस्थित फेदाप शाखामा भीषण आगलागी भएको हो । विद्युत शट भई आगलागी भएको बताइएको छ । स्थानीय प्रशासनका अनुसार अहिले आगो नियन्त्रणमा लिइसकिएको छ । आगलागीबाट बैंकको शाखाका कागजात तथा फर्निचर जलेका छन् । मानवीय क्षति भने नभएको बैंकले जनाएको छ ।
‘फर्निचरहरु जलेका छन् । कम्प्युटरसमेत जलेका छन् । के कस्तो क्षति भयो भन्ने पूरा विवरण भने आउन अझै बाँकी छ ।’फेदाप गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयका अधिकारीले अर्थ सरोकारसँग भने-‘विध्य्युत शट भएर आगलागी भएको हो । मानवीय क्षति भएन, यो नै ठुलो कुरा हो ।’
यता बैंकका शाखा प्रबन्धक थल बहादुर बिष्टले बैंकमा भएको आगलागीबाट करिब ३३ लाखको क्षति भएको बताएका छन् । ‘फर्निचरहरु सबै जलेका छन् । डेकोरेसन सबै सखाप भएको छ । शनिबार भएकोले मानवीय क्षति भएन ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले भने, ‘गार्ड दाई आगो निभाउने क्रममा घाइते हुनुभएको छ । भल्टको पैसा सबै सुरक्षित छ ।’

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्