×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘ओराली लागेको हरिणको चाल भो…’ नाफा उत्तानो पर्दा नेपाल लाइफको बेहाल भो… (पूर्ण वित्तीय विवरणसहित)

काठमाडौं । सिए बिबेक झाले छोडेपछि निरन्तर ओरालो गतिमा लागिरहेको नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पहिलो त्रैमाससम्म आइपुग्दा ७० लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन नाफा गत वर्षको भन्दा ९६.९३ प्रतिशतले कम हो । कम्पनीको यस्तो बेहाल रिपोर्ट आउने शंका पहिला नै धेरैलाई थियो । किनकि बिबेक झापछी सीइओ बनेका सन्तोष प्रसाईंले यहाँ काम गर्न सकेका छैनन् भन्ने कुरामा धेरै जानकार थिए । अघिल्लो वर्ष यसैअवधिमा यसले २२ करोड ९० लाख २ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीको जीवन बिमा कोषको आकार भने २५.२५ प्रतिशतले बढाएर १ खर्ब १८ अर्ब ७५ करोड ९४ लाख ४६ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष यसको जीवन बिमा कोषमा ९४ अर्ब ८२ करोड १३ लाख ६३ हजार रुपैयाँ रहेको थियो । यस्तै कम्पनीले खुद बिमा शुल्क पनि ९.२१ प्रतिशतले बढाएर ९ अर्ब ७४ करोड ७१ लाख ९२ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष कम्पनीले ८ अर्ब ९२ करोड ५१ लाख ५२ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी १६ रुपैयाँ २८ पैसाले घटेर ३९ पैसामा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ८५ पैसा रहेको छ ।

यसो त नेपाल लाइफ बिजनेशमा मात्र होइन धेरै कुरामा उँधोगतिमा छ । अभिकर्ताहरुहरु नेपाल लाइफ भन्दा अरु नै कम्पनी राम्रा हुन थाले भन्दै अरु कम्पनी हिडिरहेका छन् । दिनप्रतिदिन नेपाललाईफको शाखसमेत गिर्दै गरेको अवस्थामा कम्पनीको नाफा यसरी घट्नुले अव नेपाल लाइफ नम्बर १ बीमा कम्पनी रहीरहने कुरामा ठुलो शंका उब्जेको छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: