काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको व्याजदर वृद्धिमा फेरि पनि राष्ट्र बैंकले लगाम लगाएको छ । राष्ट्र बैंकले अघिल्लो महिनाको प्रकाशित व्याजदरमा १० प्रतिशतले मात्रै बढाउन पाइने व्यवस्था गरेको थियो । र अहिले पनि मंसिर महिनामा व्याजदर बढ्न सक्ने आंकलन गर्दै राष्ट्र बैंकले थप कडाई गरेको हो ।
राष्ट्र बैंकले आइतबार एक निर्देशन जारी गर्दै अब कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुले औसत व्याजदरमा १० प्रतिशत मात्रै बढाउन पाउने व्यवस्था गरेको छ । यस्तै विकास बैंकहरुले औसत व्याजदरको १० प्रतिशत र फाइनान्स कम्पनीहरुले औसत व्याजदरको १० प्रतिशतले मात्रै बढाउन पाउने छन् ।
‘बैंक तथा वित्तीय संस्थाले निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा सम्बन्धित वर्गका सबै संस्थाले अघिल्लो महिना प्रकाशन गरेको अधिकतम ब्याजदरको औसत तथा न्यूनतम ब्याजदर ९कल निक्षेप बाहेक० को औसतमा बढीमा दश प्रतिशतले मात्र परिवर्तन गरी ब्याजदर निर्धारण गर्न सक्नेछन् । यसरी ब्याजदर निर्धारण गर्दा कायम हुने अधिकतम र न्यूनतम ब्याजदर बीचको अन्तर सीमाभन्दा बढी हुन गएमा अधिकतम वा न्यूनतममध्ये एक दर सोही कायम गरी अन्य दरहरु समायोजन गर्नुपर्ने छ,’ राष्ट्र बैंकले जारी गरेको निर्देशनमा उल्लेख छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्