×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेप्सेको कारवाहीमा क्रियटिभ सेक्युरिटिज, नियम विपरित कारोबार गरेपछि ३ दिनभित्र स्पष्टिकरण पेस गर्न निर्देशन

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ब्रोकर नम्बर ४० क्रियटिभ सेक्युरिटिज प्राइभेट लिमिटेडलाई कारवाही गरेको छ । नेप्सेले कारवार्ही गर्दै ब्रोकर नम्बर ४० लाई ३ दिनभित्र स्पष्टिकरण पेस गर्न निर्देशन दिएको हो । कम्पनीले स्वरोजगार लघुवित्त वित्तिय सस्था लिमिटेडको संस्थापक सेयर कारोबार गर्न स्वीकृति माग गरिएकोमा नेप्सेबाट स्वीकृति नलिई कारोबार गरेको भन्दै स्पष्टिकरण सोधिएको हो ।
‘असोज १० गतेको प. सं. ८६/०७७/७८ बमोजिम स्वरोजगार लघुवित्त वित्तिय सस्था लिमिटेडको संस्थापक सेयर कारोबार गर्न स्वीकृति माग गरिएकोमा यस लिमिटेडबाट स्वीकृति नलिई कारोबार गरेको हुँदा उक्त सम्बन्धमा ७ कार्य दिन भित्र यस लिमिटेडको २०७८/६/२५ को पत्रा संख्या २०७८/७९ चनं ३४२ मार्फत जवाफ पेश गर्न धितोपत्र सदस्यता तथा कारोबार विनियमावली, २०५५ को विनियम (११) (२) (३) बमोजिम निर्देशन दिईएकोमा आजको मितिसम्म जवाफ प्राप्त नभएकोले उक्त विनियमावलीको विनियम ७ (२) अनुसार त्यस सदस्य दलाललाई किन कारवाही नगर्ने ? सो को स्पष्टिकरण तीन कार्य दिन भित्र पेश गनुहुन निर्देशानुसार अनुरोध छ ।’ स्पष्टिकरण पत्रमा उल्लेख छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: