काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक २३.६७ अंकले बढेर २८४३.६२ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २३० कम्पनीको ९९ लाख ७७ हजार ४८३ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ७ करोडमाथिको कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार महालक्षमी विकास बैंकको भएको छ । यस कम्पनीको ४६ करोड ९७ लाख २३ हजार ४१५ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । आज ३ उपसमूह बाहेक सबै उपसमूहका उप-परिसूचक बढेका छन् ।
यस्तै मंगलबारको सेयर बजारमा विशाल बजार कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य २ प्रतिशतभन्दा बढीले घटेको हो । विशाल बजारको सेयरमा यस्तो गिरावट आउँदा नेपाल बङ्गलादेश बैंक, आरएमडिसि लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, इन्फिनिटी लघुवित्त वित्तीय संस्थालगायतका कम्पनीहरुको सेयर मूल्यमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको बजारमा सबैभन्दा बढी कारोबार महालक्षमी विकास बैंकको भएको छ । यस कम्पनीको ४६ करोड ९७ लाख २३ हजार ४१५ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा कामना सेवा विकास बैंक, नेपाल पुनर्बिमा कम्पनी, नबिल बैंक, लुम्बिनी विकास बैंक, ज्योति विकास बैंक, रिडि हाइड्रोपावर डेभलमेन्ट कम्पनी, आरएमडिसि लघुवित्त वित्तीय संस्था, अरुण भ्याली हाइड्रोपावर, आइसिएफसि फाइनान्स कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी मंगलबारको सेयर बजारमा साहस उर्जा कम्पनी र गुडविल फाइनान्सका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यी कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको हो । यस अलावा नेपाल पुनर्बिमा कम्पनी, कोबेली पावर कम्पनी, रिडि हाइड्रोपावर डेभलमेन्ट कम्पनी, कर्णाली डेभलमेन्ट बैंक, माउन्टेन हाईड्रो नेपाल ,लुम्बिनी विकास बैंक, ज्योति विकास बैंक, तेह्रथुम पावर कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्