Skip to content
LAXMI SUNRISE BANK

डिजिटल बैंकिङ को ठुलै गफ दिने एनआइसी एशियाले आफ्नै डोमेन एक्सपायर भएकोसमेत पत्तो पाएन… !

अर्थ सरोकार

काठमाडौँ । काठमाडौँका सुमन केसी (उनकै आग्रहमा नाम परिवर्तन)ले आइतबार साँझ एनआइसी एशियाबाट अनलाइन डीम्याट खाता खोल्न एनआइसी एशिया बैंकको वेव साइट लग अन गरे । डीम्याटका लागि अप्लाई हेयर भनेको ठाउँमा क्लिक गरे उनले । तर उनी त्यो बेला अचम्ममा परे जव त्यो साइट http://onlinedmat.nicasiacapital.com/ मा रिडाइरेक्ट त भयो, तर साइटमा अरु केहि कुराहरु देखियो ।  साइटमा लेखिएको थियो -This domain has been expired. Click here to renew. अर्थात एनआइसी एशिया क्यापिटलको डोमेन एक्सपायर भईसकेको थियो ।  उनीमात्र होइन एनआइसी एशिया क्यापिटलको वेवसाइट डोमेन एक्सपायर भएर नखुल्दा आइतबार साँझ कसैले पनि साइटबाट अनलाइन डीम्याट खोल्न पाएनन् ।

अझ अचम्मको कुरा त के रहेछ भने आफ्नो कम्पनीको डोमेन नै एक्सपायर भएको सूचना कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) रमीन्द्र रायमाझीलाई समेत रहेनछ । विहान अर्थ सरोकारले उनलाई डोमेन एक्सपायर भएकोबारे प्रतिक्रिया लिन खोज्दा उनले ‘त्यस्तो त हुनुनपर्ने हो’ भन्दै कुरा टारे । पछी उनले यस सम्बन्धमा सम्बन्धित विभागमा जानकारी गराउने बताए ।

एनआइसी एशियाले आफुलाई आइटीमा सार्है अब्बल भएको दाबी गर्दै आएको छ । यता एनआइसी एशिया क्यापिटलले पनि दिन सक्ने सबै सेवा अनलाइनबाट नै दिने दाबीसमेत गर्दै आएको छ । तर कम्पनीको पारा देख्दा रिसउठ्दो मात्र छैन, कम्पनीको आइटी विभाग कतिसम्म लापरवाही गर्छ भन्ने तथ्यको पनि खुलासा भएको छ।

लाखौँ ग्राहक भएको दाबी गर्ने एनआइसी एशिया बैंकको भगिनी संस्था एनआइसी एशिया क्यापिटलले अव पनि अनलाइन सेवाको गफ दिंदा यस्तो स्थितिलाई विशेष ख्याल गर्न जरुरी छ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK