काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले प्रभु बैंकको सेयर कारोबार रोक्का गरेको छ । बैंकले सेयर कारोबार भइरहेको समयमा मंगलबार १ देखी ३ बजेसम्म सञ्चालक समितिको बैठक बसेर धितोपत्र कारोबार तथा मूल्यसँग सम्बन्धित संवेदनशिल सूचना तथा मूल्यमा प्रभाव पारेको भन्दै एक प्रतिष्पर्धी बैंकका डेपुटी सीइओले नै नेप्सेमा मौखिक उजुरी गरेपछि अन्तत: प्रभु बैंकको सेयर कारोबार रोक्का गरी नेप्सेले प्रभुलाई स्पष्टीकरण सोधेको हो ।
‘एक अर्का बैंकका डेपुटी सीइओले नै फोन गरेर यस्तो काम गर्नेलाई किन स्पष्टीकरण नसोधेको भनेर गुनासो गर्नुभयो । यतिको मान्छेले भनिनैसकेपछी यस विषयमा के कसो भएको हो भनेर हामीले स्पष्टीकरण सोधेका छौं ।’ नेप्सेका एक अधिकारीले अर्थ सरोकारसँग भने, ‘त्यहाँभित्र सूचना चुहावट भयो कि भएन भनेर उहाँहरुको स्पष्टीकरण आइसकेपछी थप हेर्छौं ।’
नेप्सेले बैंकलाई धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम १६ (१) (ख) मा भएको व्यवस्था अनुसार सात दिने स्पष्टिकरण सोधेको हो । नेप्सेले उक्त व्यवस्था अनुसार के कति कारणले कारोबार समयमा कम्पनीको सञ्चालक समितिको बैठक बसेर लाभांश घोषणा गरेको हो त्यस सम्बन्धमा ७ दिनभित्र स्पष्टिकरण पेश गर्न भनेको छ ।
प्रभु बैंकले पनि कुनै पनि सूचना चुहावट नभएको भनी स्पष्टीकरण दिने तयारी गरेको बुझिएको छ ।
हेरौं नेप्सेको स्पष्टीकरण पत्र:

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्