काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पहिलो त्रैमासमा४ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको भन्दा ३८.१८ प्रतिशतले धेरै हो ।
गत वर्ष कम्पनीले ३ करोड रुपैयाँ खुद नाफा आर्जत गरेको थियो । यस्तै कम्पनीको खुद बिमा शुल्कमा पनि आकर्षक प्रगति भएको छ । गत वर्ष ४६ करोड ५२ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको कम्पनीले यस वर्ष ५८.१० प्रतिशतले बढाएर ७३ करोड ५५ लाख रुपैयाँ पुर्याएको छ ।
यस्तै कम्पनीले बिमा कोष पनि १ अर्ब ३९ करोड रुपैयाँबाट बढाएर ३ अर्ब २ करोड रुपैयाँ पुर्याएको छ । कम्पनीको जगेडा कोषमा २६ करोड ३४ लाख रुपैयाँ छ भने प्रतिसेयर आम्दानी ७ रुपैयाँ ९२ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ ९४ पैसा रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्