Skip to content
LAXMI SUNRISE BANK

सांग्रिला डेभलपमेन्ट बैंकको १७औँ साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश पारित

अर्थ सरोकार

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको १७औँ साधारणसभा सम्पन्न भएको छ । बैंकको सभा लैनचौर ब्यांक्वेट काठमाडौंमा मंगलबार कात्तिक १६ गते सम्पन्न भएको हो । सभाले प्रस्तावित लाभांश पारित गरेको छ ।
सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम डेभलपमेन्ट बैंकको चुक्ता पूँजी २,७३,६९,७२,४२०/– को १० प्रतिशत बोनस सेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पूँजीको ०.५२६३ प्रतिशतले हुन आउने रकम अक्षेरुपी एक करोड चवालीस लाख पाँच हजार एक सय अठार मात्र नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
साथै आ.व. ०७७/७८ को वित्तीय विवरण पारित पनि भएको छ । सभा प्रयोजनका लागि बैंकले कात्तिक ५ गतेदेखि कात्तिक १६ गतेसम्म बुक क्लोज गरेको थियो।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK