काठमाडौँ । नेपाल धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले बर्खास्त गरेसँगै खाली भएको बोर्डको अध्यक्ष पद परिपूर्तिका लागि सरकारले बोर्डको अध्यक्ष नियुक्त गर्नको लागि प्रक्रिया सुरु गरेको छ । बोर्डको तालुक मन्त्रालय अर्थ मन्त्रालयले अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नका लागि राष्ट्रिय योजना आयोगका सदस्य डा। रामकुमार फुयाल, अर्थसचिव मधु मरासिनी, र विज्ञ सदस्यको रुपमा प्रा।डा नारायण प्रसाद पौडेल सम्मिलित सिफारिस समिति गठन गरेसँगै यो प्रक्रिया सुरु भएको हो ।
यस समितिले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्नको लागि योग्यता पुगेका कम्तीमा तीनजना व्यक्तिको नाम सिफारिस गर्ने छ । ति मध्ये बाट मन्त्रिपरिषद्को बैठकले एक जनालाई अध्यक्ष नियुक्त गर्ने व्यवस्था छ । असोज १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बर्खास्त गरेपछी बोर्डको अध्यक्ष पद खाली भएको हो । बोर्डको अध्यक्ष हुनको लागि स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेका लब्ध प्रतिष्ठित व्यक्ति हुनु पर्ने ब्यबस्था ऐनले गरेको छ ।
यता बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान हुनुअघि नै बोर्डको अध्यक्ष हुनका लागि दौडधुप सुरु भईसकेको थियो । अध्यक्षको दौडमा हाल बोर्डकै कर्मचारी रहेका नेपाली कांग्रेस निकट निरज गिरी, आइक्यानका पूर्व अध्यक्षसमेत रहेका नेकपा एसनिकट कृष्णप्रसाद आचार्य, माओवादी नेता नारायणकाजी श्रेष्ठ निकट डा। नवराज अधिकारी, माओवादी निकट बीमा समितिका पूर्व अध्यक्ष चिरञ्जीवी चापागाईं र कांग्रेसनिकट बोर्डकै पूर्व अध्यक्ष रेवतबहादुर कार्की रहेको बताइएको छ ।
झन्डै २० महिना काम गरेपछि धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना सर्वोत्तम सिमेन्ट प्रकरणमा विवादमा तानिएपछी सरकारले छानविन समिति गठन गरी सोको प्रतिवेदनअनुसार बर्खास्तीमा परेका थिए । महिनौं देखि बोर्डमा अध्यक्ष नहुँदा धेरै काम प्रभावित बनेको छ । हेर्नुहोस् भिडियो :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्