काठमाडौँ । नेपालको पूँजी बजारको नियमनकरी निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्नका लागि १० जनाले आवेदन दिएका छन् ।
आवेदन दिनेहरुमा सेयर बजारका विज्ञदेखि धितोपत्र बोर्डमै लामो समय बसेर सिन्को समेत नभाँच्ने व्यक्ति पनि छन् ।
धितोपत्र बोर्डले दिएको जानकारी अनुसार हालसम्म बोर्डका कार्यकारी निर्देशक निरज गिरी र उप कार्यकारी निर्देशक डा. नवराज अधिकारी, नेप्सेका पूर्व सीइओ सिताराम थपलिया, बीमा समितिका पूर्व अध्यक्ष चिरन्जीवी चापागाई, नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट, डा. केशव प्रसाद श्रेष्ठ, रमेश हमाल, जीवन अमगाई, अनिल पौडेल, अम्बिका रिमाल र सिए. कृष्ण आचार्यले आवेदन दिएका छन् ।
यीमध्ये कृष्ण आचार्य र चिरन्जीवी चापागाईंमध्ये एक जना बोर्डको अध्यक्ष हुनेछन् ।
धितोपत्र बोर्डकै कर्मचारी निरज गिरी र नवराज अधिकारीले औपचारिकताका लागि मात्र आवेदन दिएको देखिन्छ । सीताराम थपलियाले समेत आवेदन दिएको भएपनि उनको सम्भावना निकै कम छ । चिरन्जीवी चापागाईं र कृष्ण आचार्यमध्ये एकको सम्भावना बलियो हुँदा बाँकीले रहरमात्र गरेको देखिन्छ ।
बोर्डको अध्यक्ष हुन लगभग ५ करोड घुस बुझाउनुपर्ने चर्चा चलिरहेका बेला यो महँगो पैसा तिरेर पाइने पदमा कसले बाजी मार्ला भन्ने चर्चा सबैतिर छ ।
‘पार्टीलाई लगभग ५ करोड बुझाउनुपर्छ ।’ एक आवेदकले भने, ‘हामीसँग त्यस्तो हैसियत नभएपनि आवेदनचाहिं दिएको छु । हेरौं कसले बाजी मार्ला…’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्