काठमाडौं । पूँजीबजार सुधार संघका अध्यक्ष रोहन कार्कीलाई संघले अध्यक्ष पदबाट बर्खास्त गरेको छ । आज एक प्रेस विज्ञप्ती जारी गर्दै संघले कार्कीलाई बर्खास्त गरेको जनाएको हो ।
संघले उनीमाथि लगानीकर्ताको भावना विपरित काम गरेको आरोप लगाएको छ । साथै संघले नयाँ नेतृत्वसमेत चयन गरेको छ । संघले सुशील कुमार लुनियाँलाई अध्यक्ष बनाएकोसमेत जनाएको छ ।
यता रोहन कार्कीले भने आफ्नो संगठनको लेटरहेड दुरुपयोग गरि केहि स्वार्थ समूहले बर्खास्तीको नाटक गरेको बताएका छन् ।
‘कसैका स्टक प्रमोसन नगरेको रिस म माथी पोख्ने काम भयो । अध्यक्ष र सचिवलाई थाहा नै नदिई लेटरहेडको दुरुपयोग भयो । हाम्रो आधिकारिक विग्यप्ती भरे आउँदैछ ।’ अर्थ सरोकारसँग उनले भने,‘दर्ता नभएको संगठनमा कसले कसलाई बर्खास्त गर्यो भन्ने हुँदैन । हामी छिट्टै सके यहि नाममा, नभए फरक नाममा लगानीकर्ताको नयाँ संगठन दर्ता गर्दैछौं ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्