×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

यी हुन् नेपालमा सबैभन्दा बढी ऋण लिएर सेयरमा पैसा हाल्ने ठुला लगानीकर्ताहरु… कसको कति ? (भिडियो रिपोर्ट)

काठमाडौँ । सेयर बजारमा साना र ठुला लगानीकर्ताको बहस सधैंजसो हुने बहस हो । अझ त्यसमा पनि को ठुलो लगानीकर्ताले सबैभन्दा बढी ऋण लिएर सेयरमा लगानी गरेको छ भन्ने बहस पनि लामो समयदेखि चल्दै आएको बहस हो । आज हामी नेपाली सेयर बजारमा बैंकबाट सबैभन्दा बढी ऋण कसको छ र कति छ भन्ने तथ्य प्रस्तुत गर्दैछौं ।
अर्थ सरोकारलाई प्राप्त विवरण अनुसार सेयर बजारका बादशाहका रुपमा पर्चित निर्मल प्रधान, मिनबहादुर गुरुङ्ग, स्नेहा खेतान, श्रवण कुमार गोलय, दिक्षान्त बाँनिया र रहिशा शाहले बैंक तथा वित्तीय संस्थाबाट अर्व बढी ऋण लिएर सेयरमा लगानी गरेका छन् । विभिन्न बैंकहरुबाट गत असार मसान्तसम्म आफ्नो सेयर धितो राखी ७० प्रतिशतसम्म कर्जा लिएको विवरण अनुसार सेयर बजारका बादशाहका रुपमा पर्चित निर्मल प्रधानले १ अर्व ९६ करोड ऋण लिएको भेटिएको छ भने भाटभटेनीका मालिकसमेत रहेका मिन बहादुर गुरुङ्गले १ अर्ब ५० करोड ऋण लिएको पाइएको छ । यस्तै दिक्षान्त बानियाँले १ अर्व ३५ करोड, स्नेहा खेतानले १ अर्व ३० करोड, श्रवन कुमार गोयलले १ अर्व ३२ करोड, र रहिशा शाह श्रेष्ठले १ अर्व रुपैयाँ सेयर धितो कर्जा लिएको पाइएको छ ।
यस अलावा गत आर्थिक वर्षको असार मसान्तसम्म सेयर धितोमा १ करोड रुपैयाँसम्म ६ हजार ९१० जनाले ऋण लिएको पाइएको छ भने १ करोडदेखि ४ करोडसम्म १ हजार १४३ जनाले र ४ करोडदेखि १२ करोड रुपैयाँसम्म ३८० जनाले कर्जा लिएको पाइएको छ । अहिले नेपाल राष्ट्र बैंकले १२ करोड भन्दा बढी सेयर धितो लिन नपाइने नियम ल्याएको छ । तर तथ्यांक अनुसार उल्लेखित समयसीमामा १२ करोड रुपैयाँभन्दा बढी १ सय ३२ जनाले सेयर धितोमा कर्जा लिएका छन् ।
जसमध्ये ६३ जनाले १२ करोडदेखि २० करोड रुपैयाँसम्म, ५८ जनाले २० करोडदेखि ५० करोड रुपैयाँसम्म, ६ जनाले ५० करोडदेखि १ अर्ब रुपैयाँसम्म र ६ जनाले १ अर्ब रुपैयाँभन्दा बढी सेयर धितोमा कर्जा बैंकबाट लिएको पाइएको छ । अहिले नेपाल राष्ट्र बैंकले एउटा बैंकबाट ४ करोड र सबै बैंक तथा वित्तीय संस्था गरी १२ करोडभन्दा बढी ऋण लिन नपाउने व्यवस्था गरेपछि यी सेयर लगानीकर्ताहरु भने मर्कामा परेका छन् । हेर्नुहोस् भिडियो :

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: