×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सर्वाधिक कर तिर्नेमा नेपाल टेलिकम, बैंक तथा वित्तीय संस्थातर्फ नबिल बैंक सम्मानित

काठमाडौं । सरकारले राष्ट्रिय कर दिवस २०७८ को अवसर पारेर कर तिर्ने व्यवसाय र व्यक्तिलाई सम्मान गरेको छ । यस वर्ष नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले सबैभन्दा बढी कर बुझाउन सफल भएको छ । यसैगरी वाणिज्य बैंकतर्फ नबिल बैंकले सर्वाधिक कर बुझाएको छ । नबिल बैंकबाट अनिल शाहले सम्मान ग्रहण गरेका हुन् । यस्तै निर्यात उद्योगतर्फ शशिरञ्जन मिश्र र डाबर नेपालले सर्वाधिक कर बुझाएको छ ।

उद्योगतर्फ गोपाल श्रेष्ठ सम्मानित भएका छन् । उनी एसियन पेन्टसका प्रमुख पनि हुन् । कृषि उद्योगतर्फ पूर्वाञ्चल एग्रो टेकले बढी कर बुझाएको भन्दै सम्मानित भएको छ । सहकारीतर्फ छिमेक लघुवित्त वित्तीय संस्थाले सर्वाधिक कर बुझाएको छ। छिमेकबाट गणेश घिमिरेले सम्मान ग्रहण गरेका हुन् । यस्तै बीमा कम्पनीका तर्फबाट नेपाल पुनर्बीमा कम्पनी सम्मानित भएको छ । अस्पताल क्षेत्रमा नोबेल हस्पिटलले धेरै कर तिरेर सम्मानित भएको छ । यस्तै पर्यटनबाट तारागाउँ रिजेन्सी (ह्यात) ले बढी कर तिरेर सम्मानित भएको छ भने भाटभटेनी पनि बढी कर तिर्नेमा परेको छ ।

भाटभटेनीका कल्याण गुरुङले सम्मान ग्रहण गरेका हुन् । यसैगरी हिमाल पावर कम्पनी पनि बढी कर तिर्नेमा सम्मानित भएको छ । कम्पनीबाट उमेश शर्माले सम्मान ग्रहण गरेका हुन् । व्यक्तिगततर्फ भने सबैभन्दा बढी कर तिर्नेमा सिद्धार्थ राणा सम्मानित भएका छन् । उनी टाटा गाडीको नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका चेयरम्यानसमेत हुन् । सबैभन्दा बढी मूल्य अभिवृद्धि कर र आयकर बुझाउने उद्योगमा सूर्य नेपाल सम्मानित भएको छ । भ्याटमा अनुशासित भएको भन्दै घोराही सिमेन्ट पनि सम्मानित भएको छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: