काठमाडौँ । देशभर विभिन्न घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन कुन ठाउँमा के के भयो रु यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले तिहारका लागि बनाईएका पालालगायतका माटोका भाँडा बेच्न बजार लैजान मिलाउँदै गरेका भक्तपुर पोटरी स्क्वायरका प्रजापतिहरुदेखि ताप्लेजुङको सदरमुकाम फुङलिङमा लाग्ने मङ्गलबारे हाटमा तिहारका लागि फूल खरिद गरिरहेका स्थानीयवासीसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
तिहारका लागि बनाईएका पाला लगायतका माटोका भाँडा बेच्न बजार लैजान मिलाउँदै भक्तपुर पोटरी स्क्वायरका प्रजापतिहरु ।

ताप्लेजुङको सदरमुकाम फुङलिङमा लाग्ने मङ्गलबारे हाटमा तिहारका लागि फूल खरिद गर्दै स्थानीयवासी । हाटमा सयपत्री फूल प्रतिमुठा रु १०० मा बिक्री गरेको छ ।

बेनी नगरपालिका–४ आगेबगरमा हरियाली समुहको कृषि फार्ममा उत्पादीत फूल टिपेर तिहारका लागि बजार पठाउने तयारी गर्दै फार्मका कर्मचारीहरु ।

कैलालीको टिकापुरमा पर्ने जमरा कुलामा माछा मार्दै थारु महिला ।

पाल्पा रामपुरको बेझाड बजारको एक पसलमा तिहारका लागि बिक्रिका लागि राखिएका टिका, माला लगायतका सामग्रीहरु ।

कास्कीको माछापुच्छ«्रे गाउँपालिका–९ स्थित पोखरा क्यानोनिङमा क्यानोनिङ गर्दै महिला ।

तनहुँको व्यास नगरपालिका–५ स्थित साँगेफाँटमा धान काट्न व्यस्त कृषक । जिल्लाका विभिन्न ठाउँमा कृषकहरु यतिबेला धान काटेर थन्क्याउने चटारोमा छन् ।

२१६ मेगावाट क्षमताको अपर त्रिशूली वान जलविद्युत् आयोजनाको ड्याम रहने स्थान धुञ्चे पुछार त्रिशूलीनदीमा उपकरणद्वारा निर्माण कार्य सुरु गरीँदै ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्