काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ३२.३९ अंकले घटेर २७६९.१३ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २२४ कम्पनीको ९८ लाख ६२ हजार ९४० कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब २७ करोडमाथिको कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार नेपाल टेलिकमको भएको छ । यस कम्पनीको ६० करोड ४४ लाख ५५ हजार ४१२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । आज सबै उपसमूहका उप-परिसूचक बढेका छन् ।
यस्तै बिहिबारको सेयर बजारमा मैलुङ खोला जलविद्युत कम्पनीले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा बढीले घटेको हो । मैलुङको सेयरमा यस्तो गिरावट आउँदा शिभ श्री हाईड्रोपावर, माउन्टेन इनर्जी नेपाल, हिमालयन पावर पाटनर, गुडविल फाइनान्स, माउन्टेन हाईड्रो नेपाल कम्पनीमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच बिहिबारको बजारमा सबैभन्दा बढी कारोबार नेपाल टेलिकमको भएको छ । यस कम्पनीको ६० करोड ४४ लाख ५५ हजार ४१२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा महालक्ष्मी विकास बैंक, अपर तामाकोशी हाईड्रोपावर, नेशनल हाईड्रोपावर कम्पनी, छिमेक लघुवित्त वित्तीय संस्था, मञ्जुश्री फाइनान्स, गरिमा विकास बैंक, नबिल बैंक, आइसिएफसि फाइनान्स, नेपाल बङ्गलादेश बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहिबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी बिहिबारको सेयर बजारमा मानुषि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा तेह्रथुम पावर कम्पनी, नारायणी डेभलपमेन्ट बैंक, फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंकको प्रमोटर सेयर, मञ्जुश्री फाइनान्सका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहिबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्