काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ३.२२ अंकले घटेर २७३१.७८ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २३३ कम्पनीको ७४ लाख ८६ हजार ५७५ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ७८ करोडमाथिको कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार नेपाल टेलिकमको भएको छ । यस कम्पनीको २६ करोड ५७ लाख १३ हजार ७३६ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । आज ३ वटा उपसमूह बाहेक सबै उपसमूहका उप-परिसूचक घटेका छन् ।
यस्तै बिहिबारको सेयर बजारमा मानुषी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा बढीले घटेको हो । मानुषीको सेयरमा यस्तो गिरावट आउँदा साना किसान विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंकमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच बिहिबारको बजारमा सबैभन्दा बढी कारोबार नेपाल टेलिकमको भएको छ । यस कम्पनीको २६ करोड ५७ लाख १३ हजार ७३६ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा महालक्ष्मी विकास बैंक, सिभिल बैंक, साना किसान विकास बैंक, नबिल बैंक, चन्द्रागिरी हिल्स, ज्योति विकास बैंक, नेशनल हाईड्रोपावर कम्पनी, अपि पावर कम्पनी, लुम्बिनी विकास बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहिबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी बिहिबारको सेयर बजारमा समृद्धि फाइनान्सका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको हो । यस अलावा सामलिङ पावर कम्पनी, तारागाउँ रेजेन्सी होटल, कुमारी बैंक, सेन्चुरी बैंक, जोशी हाईड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, आरेन्टल होटेलका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहिबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्