काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक घटेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक ८०.२९ अंकले घटेर २६५१.४९ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से( का अनुसार आइतबार कुल २३४ कम्पनीको १ करोड १९ लाख ३ हजार २०२ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ८३ करोडमाथिको कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार महालक्ष्मी विकास बैंकको भएको छ । यस कम्पनीको २९ करोड ८१ लाख ९१ हजार १६१ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । आज सबै उपसमूहका उप-परिसूचक घटेका छन् ।
यस्तै आइतबारको सेयर बजारमा हिमालयन पावर पाटनर र मानुषी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यी कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा बढीले घटेको हो । हिमालयन र मानुषीको सेयरमा यस्तो गिरावट आउँदा प्राइम लाइफ इन्स्योरेन्स, महालक्ष्मी विकास बैंक, जोशी हाईड्रोपावर, एक्सेल डेभलपमेन्ट बैंक, ङादी ग्रुप पावर, नेशनल हाईड्रोपावर कम्पनी, ग्रिन लाइफ हाईड्रोपावर, दिव्यश्वरी हाईड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको बजारमा सबैभन्दा बढी कारोबार महालक्ष्मी विकास बैंकको भएको छ । यस कम्पनीको २९ करोड ८१ लाख ९१ हजार १६१ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा नेपाल पुनर्बिमा कम्पनी, नेशनल हाईड्रोपावर कम्पनी, नेपाल टेलिकम, निर्धान उत्थान लघुवित्त वित्तीय संस्था, अपि पावर कम्पनी, नबिल बैंक, अपर तामाकोशी हाईड्रोपावर, हाईड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, अरुण काबेली पावर कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी आइतबारको सेयर बजारमा आर्एसिएफसि फाइनान्सका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको हो । यस अलावा सामलिङ पावर कम्पनी, निर्धान उत्थान लघुवित्त वित्तीय संस्था, नेपाल एसबिआई बैंक, सानिमा जेनरल इन्स्योरेन्स, लक्ष्मी इक्विटी फण्डका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्