काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ६९.२२ अंकले बढेर २७८४.५८ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २२७ कम्पनीको १ करोड ९३ हजार २२१ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ५२ करोडमाथिको कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार महालक्ष्मी विकास बैंकको भएको छ । यस कम्पनीको ३७ करोड २६ लाख ८८ हजार ४९८ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यस्तै मंगलबारको सेयर बजारमा विजय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य २ प्रतिशतभन्दा बढीले घटेको हो । महालक्ष्मीको सेयरमा यस्तो गिरावट आउँदा १०५ नेपाल एसबिआई बैंक डिबेन्चर २०८६, लक्ष्मी इक्विटी फण्ड, मिथिला लघुवित्त वित्तीय संस्था, एनएलजि इन्स्योरेन्सलगायतका सेयर मूल्यमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको बजारमा सबैभन्दा बढी कारोबार महालक्ष्मी विकास बैंकको भएको छ । यस कम्पनीको ३७ करोड २६ लाख ८८ हजार ४९८ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा नेशनल हाईड्रोपावर कम्पनी, अपि पावर कम्पनी, लुम्बिनी विकास बैंक, नेपाल टेलिकम, नेपाल लाईफ इन्स्योरेन्स, हाईड्रोइलेक्ट्रिसिटी एण्ड डेभलपमेन्ट कम्पनी, जानकी फाइनान्स, अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, नबिल बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी मंगलबारको सेयर बजारमा नेपाल बङ्गलादेश बैंक, नेपाल टेलिकम, महालक्ष्मी विकास बैंक, पञ्चकन्या माई हाईड्रोपावर, अपर तामाकोशी हाईड्रोपावर र मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यी कम्पनीहरुको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा मानुषि लघुवित्त वित्तीय संस्था, तेह्रथुम पावर कम्पनी, प्रभु इन्स्योरेन्स, श्री इन्भेष्टमेन्ट फाइनान्सका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्