×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

बजार घटेका बेलामा पनि साहस उर्जा र आइसिएफसिमा पोजेटिभ सर्किट, यी कम्पनीका लगानीकर्ता पनि मालामाल !

काठमाडौं । सोमबार नेप्से परिसूचक घटेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक १९.२० अंकले घटेर २८३९.६४ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २३० कम्पनीको ७२ लाख ७ हजार ३९६ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ४२ करोडमाथिको कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार महालक्षमी विकास बैंकको भएको छ । यस कम्पनीको ५२ करोड १० लाख ३ हजार ५९० रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । आज ३ उपसमूह बाहेक सबै उपसमूहका उप-परिसूचक घटेका छन् ।

यसैगरी सोमबारको सेयर बजारमा साहस उर्जा कम्पनी र आइसिएफसि फाइनान्सका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यी कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा तेह्रथुम पावर कम्पनी, मानुषि लघुवित्त वित्तीय संस्था, महालक्षमी विकास बैंक, जानकी फाइनान्स, निफ्रा, नेशनल हाइड्रोपावर कम्पनी, मल्टीपर्पस फाइनान्स। नारायणी डेभलमेन्ट बैंकका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै सोमबारको सेयर बजारमा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा बढीले घटेको हो । सपोर्टको सेयरमा यस्तो गिरावट आउँदा पाचथर पनवर कम्पनी, कालिका पावर कम्पनी, हमालय उजाए विकास कम्पनी, जोशी हाइड्रोपावर कम्पनी, रु रु जलविद्युत परियोजनालगायतका कम्पनीहरुको सेयर मूल्यमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

  

यसैबीच सोमबारको बजारमा सबैभन्दा बढी कारोबार महालक्षमी विकास बैंकको भएको छ । यस कम्पनीको ५२ करोड १० लाख ३ हजार ५९० रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा नबिल बैंक, आइसिएफसि फाइनान्स, नेशनल हाइड्रोपावर कम्पनी, यूनाइटेड मोदी हाइड्रोपावर, अपि पावर कम्पनी, लुम्बिनी विकास बैंक, नेपाल पुनर्बिमा कम्पनी, निफ्रा, अरुण काबेली पावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: