×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बजार घटेका बेलामा पनि बोटर्लस नेपालको सेयरमा पोजेटिभ सर्किट, यी कम्पनीका लगानीकर्ता पनि मालामाल !

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक घटेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक १.३८ अंकले घटेर २६८८.९२ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २३० कम्पनीको ७४ लाख ३४ हजार ५३७ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ९ करोडमाथिको कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार महालक्षमी विकास बैंकको भएको छ । यस कम्पनीको २७ करोड ३९ लाख ९३ हजार ०९३ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी आइतबारको सेयर बजारमा बोटर्लस नेपालका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा मानुषि लघुवित्त वित्तीय संस्था, तेह्रथुम पावर कम्पनी, महालक्षमी विकास बैंक, कालिका पावर कम्पनी, न्याग्दी ग्रुप पावर कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै आइतबारको सेयर बजारमा हाईड्रोइलेक्ट्रिसिटी एण्ड डेभलमेन्ट कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । हाईड्रोइलेक्ट्रिसिटीको सेयरमा यस्तो गिरावट आउँदा साहस उर्जा कम्पनी, नयाँ सारथी लघुवित्त वित्तीय संस्था, समिट लघुवित्त वित्तीय संस्था, मैलुङ खोला जलविद्युत कम्पनीलगायतका सेयर मूल्यमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको बजारमा सबैभन्दा बढी कारोबार महालक्षमी विकास बैंकको भएको छ । यस कम्पनीको २७ करोड ३९ लाख ९३ हजार ०९३ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा आइसिएफसि फाइनान्स, नबिल बैंक, लुम्बिनी विकास बैंक, साहस उर्जा कम्पनी, अरुण काबेली पावर, अपि पावर कम्पनी, हाईड्रोइलेक्ट्रिसिटी एण्ड डेभलमेन्ट कम्पनी, ज्योति विकास बैंक, हिमालयन डिस्टिलरीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: