काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक १६.९५ अंकले बढेर २८०१.५२ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २२४ कम्पनीको १ करोड १९ लाख ४३ हजार ८५८ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ३७ करोडमाथिको कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार नेपाल टेलिकमकोको भएको छ । यस कम्पनीको ५८ करोड ६८ लाख ६२ हजार ९५५ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । आज ६ उपसमूह बाहेक सबै उपसमूहका उप-परिसूचक बढेका छन् ।
यसैगरी बुधबारको सेयर बजारमा पञ्चकन्या माई हाईड्रोपावर र अपर तामाकोशी हाईड्रोपावर कम्पनीका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यी कम्पनीहरुको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा मानुषि लघुवित्त वित्तीय संस्था, तेह्रथुम पावर कम्पनी, नेपाल बङ्गलादेश बैंक, मैलुङ खोला जलविद्युत कम्पनी, नेपाल टेलिकम, जोशि हाईड्रोपावर, गोर्खाज फाइनान्स, रिलायन्स फाइनान्सका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै बुधबारको सेयर बजारमा बोटर्लस नेपालका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा बढीले घटेको हो । बोटर्लसको सेयरमा यस्तो गिरावट आउँदा महालक्ष्मी विकास बैंक, गुराँस लाईफ इन्स्योरेन्स, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी, एनआरएन इन्फ्राइस्ट्रक्चर डेभलपमेन्ट कम्पनीमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको बजारमा सबैभन्दा बढी कारोबार नेपाल टेलिकमको भएको छ । यस कम्पनीको ५८ करोड ६८ लाख ६२ हजार ९५५ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा महालक्ष्मी विकास बैंक, एशियन लाइफ इन्स्योरेन्स, नेशनल हाईड्रोपावर कम्पनी, गरिमा विकास बैंक, अपि पावर कम्पनी, लुम्बिनी विकास बैंक, अरुण काबेली पावर, हिमाल दोलखा हाईड्रोपावर कम्पनी, आइसिएफसि फाइनान्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्