×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बजार घटेका बेलामा पनि मानुषि लघुवित्त वित्तीय संस्थामा पोजेटिभ सर्किट, यी कम्पनीका लगानीकर्ता पनि मालामाल !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बजार घटेका बेलामा पनि मानुषि लघुवित्त वित्तीय संस्थामा पोजेटिभ सर्किट, यी कम्पनीका लगानीकर्ता पनि मालामाल !

Artha Sarokar

२ मंसिर २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ३२.३९ अंकले घटेर २७६९.१३ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २२४ कम्पनीको ९८ लाख ६२ हजार ९४० कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब २७ करोडमाथिको कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार नेपाल टेलिकमको भएको छ । यस कम्पनीको ६० करोड ४४ लाख ५५ हजार ४१२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । आज सबै उपसमूहका उप-परिसूचक बढेका छन् ।

यसैगरी बिहिबारको सेयर बजारमा मानुषि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा तेह्रथुम पावर कम्पनी, नारायणी डेभलपमेन्ट बैंक, फर्स्ट  माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंकको प्रमोटर सेयर, मञ्जुश्री फाइनान्सका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहिबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै बिहिबारको सेयर बजारमा मैलुङ खोला जलविद्युत कम्पनीले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा बढीले घटेको हो । मैलुङको सेयरमा यस्तो गिरावट आउँदा शिभ श्री हाईड्रोपावर, माउन्टेन इनर्जी नेपाल, हिमालयन पावर पाटनर, गुडविल फाइनान्स, माउन्टेन हाईड्रो नेपाल कम्पनीमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच बिहिबारको बजारमा सबैभन्दा बढी कारोबार नेपाल टेलिकमको भएको छ । यस कम्पनीको ६० करोड ४४ लाख ५५ हजार ४१२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा महालक्ष्मी विकास बैंक, अपर तामाकोशी हाईड्रोपावर, नेशनल हाईड्रोपावर कम्पनी, छिमेक लघुवित्त वित्तीय संस्था, मञ्जुश्री फाइनान्स, गरिमा विकास बैंक, नबिल बैंक, आइसिएफसि फाइनान्स, नेपाल बङ्गलादेश बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहिबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी