काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ७.९० अंकले बढेर २७६५.४३ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २२५ कम्पनीको ७५ लाख ६५ हजार ५१० कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ९२ करोडमाथिको कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार महालक्ष्मी विकास बैंकको भएको छ । यस कम्पनीको ३४ करोड ४१ लाख २५ हजार ५०२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । आज ५ वटा उपसमूह बाहेक सबै उपसमूहका उप-परिसूचक बढेका छन् ।
यसैगरी सोमबारको सेयर बजारमा मानुषि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा चन्द्रागिरी हिल्स, एनआईबीएल प्रगति फण्ड, खानिखोला हाईड्रोपावर, नेपाल इन्स्योरेन्सका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै सोमबारको सेयर बजारमा एभरेष्ट इन्स्योरेन्सको प्रमोटर सेयरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा बढीले घटेको हो । एभरेष्टको सेयरमा यस्तो गिरावट आउँदा कर्पोरेट डेभलपमेन्ट बैंक, रिलायन्स फाइनान्स, तेह्रथुम पावर कम्पनी, साना किसान विकास बैंकमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच सोमबारको बजारमा सबैभन्दा बढी कारोबार महालक्ष्मी विकास बैंकको भएको छ । यस कम्पनीको ३४ करोड ४१ लाख २५ हजार ५०२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा नेपाल टेलिकम, अरुण काबेली पावर, हिमाल दोलखा हाईड्रोपावर कम्पनी, नबिल बैंक, नेशनल हाईड्रोपावर कम्पनी, अपर तामाकोशी हाईड्रोपावर, अपि पावर कम्पनी, हाईड्रोइलेक्ट्रिसिटी डेपलपमेन्ट कम्पनी, लुम्बिनी विकास बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्