×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मंगलबारको सेयर बजार : नेप्से परिसूचक घट्दा पनि मानुषि लघुवित्त वित्तीय संस्थामा लाग्यो पोजेटिभ सर्किट !

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ३२.२९ अंकले घटेर २७३३.१४ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २२७ कम्पनीको ७४ लाख ४८ हजार ३६६ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब १३ करोडमाथिको कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नेपाल टेलिकमको भएको छ । यस कम्पनीको ४१ करोड ५७ लाख २४ हजार ०६३ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । आज १ वटा उपसमूह बाहेक सबै उपसमूहका उप-परिसूचक घटेका छन् ।

यसैगरी मंगलबारको सेयर बजारमा मानुषि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा नेपाल टेलिकम, गणपति माईक्रोफाइनान्स वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, सनराईज ब्लूचिप फण्डका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा आईसिएफसि फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा बढीले घटेको हो । आईसिएफसिको सेयरमा यस्तो गिरावट आउँदा एनआइबिएल प्रगति फण्ड, नारायणी डेभलपमेन्ट बैंक, गुडविल फाइनान्स, सिंगटी हाईड्रो इनर्जीमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

  

यसैबीच मंगलबारको बजारमा सबैभन्दा बढी कारोबार नेपाल टेलिकमको भएको छ । यस कम्पनीको ४१ करोड ५७ लाख २४ हजार ०६३ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा नेशनल हाईड्रोपावर कम्पनी, महालक्ष्मी विकास बैंक, अपि पावर कम्पनी, अरुण काबेली पावर, हाईड्रोइलेक्ट्रिसिटी डेपलपमेन्ट कम्पनी, नबिल बैंक, आईसिएफसि फाइनान्स, ज्योति विकास बैंक, लुम्बिनी विकास बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: