काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक घटेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक १.३८ अंकले घटेर २६८८.९२ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २३० कम्पनीको ७४ लाख ३४ हजार ५३७ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ९ करोडमाथिको कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार महालक्षमी विकास बैंकको भएको छ । यस कम्पनीको २७ करोड ३९ लाख ९३ हजार ०९३ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यस्तै आइतबारको सेयर बजारमा हाईड्रोइलेक्ट्रिसिटी एण्ड डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । हाईड्रोइलेक्ट्रिसिटीको सेयरमा यस्तो गिरावट आउँदा साहस उर्जा कम्पनी, नयाँ सारथी लघुवित्त वित्तीय संस्था, समिट लघुवित्त वित्तीय संस्था, मैलुङ खोला जलविद्युत कम्पनीलगायतका सेयर मूल्यमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैगरी आइतबारको सेयर बजारमा बोटर्लस नेपालका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा मानुषि लघुवित्त वित्तीय संस्था, तेह्रथुम पावर कम्पनी, महालक्षमी विकास बैंक, कालिका पावर कम्पनी, न्याग्दी ग्रुप पावर कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको बजारमा सबैभन्दा बढी कारोबार महालक्षमी विकास बैंकको भएको छ । यस कम्पनीको २७ करोड ३९ लाख ९३ हजार ०९३ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा आइसिएफसि फाइनान्स, नबिल बैंक, लुम्बिनी विकास बैंक, साहस उर्जा कम्पनी, अरुण काबेली पावर, अपि पावर कम्पनी, हाईड्रोइलेक्ट्रिसिटी एण्ड डेभलपमेन्ट कम्पनी, ज्योति विकास बैंक, हिमालयन डिस्टिलरीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्