Skip to content
LAXMI SUNRISE BANK

सोमबारको बजार अपडेट : यी हुन् सोमबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक १७.७५ अंकले घटेर २८१९.८६ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २२६ कम्पनीको १ करोड ३४ लाख ३ हजार ३१२ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ७७ करोडमाथिको कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार महालक्षमी विकास बैंकको भएको छ । यस कम्पनीको ३६ करोड ५८ लाख ७१ हजार २५९ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । आज ३ उपसमूह बाहेक सबै उपसमूहका उप-परिसूचक घटेका छन् ।

यसैबीच सोमबारको बजारमा सबैभन्दा बढी कारोबार महालक्षमी विकास बैंकको भएको छ । यस कम्पनीको ३६ करोड ५८ लाख ७१ हजार २५९ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा आरएमडिसि लघुवित्त वित्तीय संस्था, नबिल बैंक, कामना सेवा विकास बैंक, अरुण भ्याली हाइड्रोपावर, रिडि हाइड्रोपावर डेभलमेन्ट कम्पनी, अपि पावर, आइसिएफसि फाइनान्स, लुम्बिनी विकास बैंक, यूनाईटेड मोदी हाइड्रोपावर कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी सोमबारको सेयर बजारमा मानुसी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा पाँचथर पावर कम्पनी, साहस उर्जा, हिमालयन जेनरल इन्स्योरेन्स, सिभिल बैंक, लुम्बिनी विकास बैंक, एनसिसि बैंक, महालक्षमी विकास बैंक, तेह्रथुम पावर कम्पनी, मेगा बैंकका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै सोमबारको सेयर बजारमा कामना सेवा विकास बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा बढीले घटेको हो । कामनाको सेयरमा यस्तो गिरावट आउँदा हिमालयन पावर पाटनर, ग्रिन लाइफ हाइड्रोपावर, रिडि हाइड्रोपावर डेभलमेन्ट कम्पनी, घलेम्दी हाइड्रोपावर, समता घरेलु लघुवित्तलगायतका कम्पनीहरुको सेयर मूल्यमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK