Skip to content
LAXMI SUNRISE BANK

मंगलबारको बजार अपडेट : यी हुन् मंगलबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ७९.७९ अंकले घटेर २७४९.८४ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २२५ कम्पनीको १ करोड १९ लाख १७ हजार ०७७ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ५२ करोडमाथिको कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नबिल बैंकको भएको छ । यस कम्पनीको २९ करोड ८२ लाख ८१ हजार ७५२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । आज सबै उपसमूहका उप-परिसूचक घटेका छन् ।

यसैबीच मंगलबारको बजारमा सबैभन्दा बढी कारोबार नबिल बैंकको भएको छ । यस कम्पनीको २९ करोड ८२ लाख ८१ हजार ७५२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा साहस उर्जा कम्पनी, अपि पावर कम्पनी, नेशनल हाइड्रोपावर कम्पनी, प्राईम बैंक, अरुण भ्याली हाइड्रोपावर डेभलमेन्ट कम्पनी, लुम्बिनी विकास बैंक, नेपाल पुनर्बिमा कम्पनी, अरुण काबेली पावर, यूनाइटेड मोदी हाइड्रोपावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः 

  

यसैगरी मंगलबारको सेयर बजारमा तेह्रथुम पावर कम्पनी, साहस उर्जा कम्पनी र मानुषि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यी कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको हो । यस अलावा युनिलिभर नेपाल, प्राईम बैंकका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै सोमबारको सेयर बजारमा आइसिएफसि फाइनान्स र महालक्षमी विकास बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । आइसिएफसि र महालक्षमीको सेयरमा यस्तो गिरावट आउँदा मिथिला लघुवित्त वित्तीय संस्था, गुडविल फाइनान्स, यूनिभर्सल पावर कम्पनी, सामुदायिक लघुवित्त वित्तीय संस्था, रु रु जलविद्युत परियोजनालगायतका कम्पनीहरुको सेयर मूल्यमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK