काठमाडौं । बिहिबार नेप्से परिसूचक घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ५९.५७ अंकले घटेर २६९०.२९ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २२५ कम्पनीको ९४ लाख ७५ हजार ९३६ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ११ करोडमाथिको कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार महालक्षमी विकास बैंकको भएको छ । यस कम्पनीको ४७ करोड ४९ लाख ३४ हजार ५२१ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । आज सबै उपसमूहका उप-परिसूचक घटेका छन् ।
यसैबीच बिहिबारको बजारमा सबैभन्दा बढी कारोबार महालक्षमी विकास बैंकको भएको छ । यस कम्पनीको ४७ करोड ४९ लाख ३४ हजार ५२१ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा नबिल बैंंक, आइसिएफसि फाइनान्स, अपि पावर कम्पनी, ज्योति विकास बैंक, अरुण काबेली पावर, अरुण भ्याली हाइड्रोपावर डेभलमेन्ट कम्पनी, हिमालयन डिस्टिलरी, नेशनल हाइड्रोपावर कम्पनी, कामना सेवा विकास बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहिबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बिहिबारको सेयर बजारमा आइसिएफसि फाइनान्स र महालक्षमी विकास बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले द्धटेको हो । आइसिएफसि र महालक्षमीको सेयरमा यस्तो गिरावट आउँदा शिभ श्री हाइड्रोपावर, वरुण हाइड्रोपावर, युनियन हाइड्रोपावर, सिनर्जी पावर डेभलमेन्टलगायतका कम्पनीहरुको सेयर मूल्यमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः
यसैगरी बिहिबारको सेयर बजारमा मानुषि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा तेह्रथुम पावर कम्पनी, साहस उर्जा कम्पनी, गुडविल फाइनान्स, समुदायिक लघुवित्त वित्तीय संस्था, पाँचथर पावर कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहिबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्