Skip to content
LAXMI SUNRISE BANK

सोमबारको बजार अपडेट : यी हुन् सोमबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार पनि नेप्से परिसूचक घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक २१.५१ अंकले घटेर २६२९.९७ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २२८ कम्पनीको ८२ लाख २५ हजार ८२२ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्बमाथिको सेयरकारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार महालक्ष्मी विकास बैंकको भएको छ । यस कम्पनीको ६१ करोड ४ लाख ७८ हजार ३४० रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । आज २ उपसमूह बाहेक सबै उपसमूहका उप-परिसूचक घटेका छन् ।

यसैबीच सोमबारको बजारमा सबैभन्दा बढी कारोबार महालक्ष्मी विकास बैंकको भएको छ ।यस कम्पनीको ६१ करोड ४ लाख ७८ हजार ३४० रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा नेशनल हाईड्रोपावर कम्पनी, आईसिएफसि फाइनान्स, नेपाल टेलिकम, नबिल बैंक, साइन रेशुङ्गा डेभलपमेन्ट बैंक, अपि पावर कम्पनी, हाईड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, हिमालयन डिस्टिलरी, नेपाल पुनर्बिमा कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी सोमबारको सेयर बजारमा न्यादी हाईड्रोपावर र सामलिङ पावर कम्पनीका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यी कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको हो । यस अलावा कालिका पावर कम्पनी, स्वाबलम्बन लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, हिमालयन पावर पाटनरका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै सोमबारको सेयर बजारमा आईसिएफसि फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । आईसिएफसिको सेयरमा यस्तो गिरावट आउँदा चन्द्रागिरी हिल्स्, महालक्ष्मी विकास बैंक, मानुषी लघुवित्त वित्तीय संस्था, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, गणपति माइक्रोफाइनान्स वित्तीय संस्था, साधना लघुवित्त वित्तीय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK