काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक घटेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक ८८.७० अंकले घटेर २३६१.२७ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २२८ कम्पनीको ७४ लाख ६० हजार ८७४ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ३८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार मञ्जुश्री फाइनान्सको भएको छ । यस कम्पनीको १९ करोड ७७ लाख ४० हजार ९४९ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । आज सबै उपसमूहका उप-परिसूचक घटेका छन् ।
यसैबीच आइतबारको बजारमा सबैभन्दा बढी कारोबार मञ्जुश्री फाइनान्सको भएको छ । यस कम्पनीको १९ करोड ७७ लाख ४० हजार ९४९ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।यस अलावा नेशनल हाईड्रोपावर कम्पनी, नबिल बैंक, महालक्ष्मी विकास बैंक, अपि पावर कम्पनी, अरुण काबेली पावर, लुम्बिनी विकास बैंक, नेपाल पुनर्बिमा कम्पनी, हिमालयन डिस्टिलरी, हाइड्रोएलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै आइतबारको सेयर बजारमा नयाँ सारथी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । नयाँ सारथीको सेयरमा यस्तो गिरावट आउँदा लक्ष्मी इक्वीटी फण्ड, जानकी फाइनान्स, नेपाल हाईड्रो डेपलोपर्स, जोशी हाईड्रोपावर, समता घरेलु लघुवित्त वित्तीय संस्था, नेशनल हाईड्रोपावर कम्पनीमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैगरी आइतबारको सेयर बजारमा स्वाभिमान लघुवित्त वित्तीय संस्था र युनिलिभर नेपालका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्य २ प्रतिशतभन्दा बढीले बढेको हो । यस अलावा नारायणी डेभलपमेन्ट बैंक, १२% गुडविल फाइनान्स डिबेन्चर २०८३, मञ्जुश्री फाइनान्स, ८.५ % सानिमा डिबेन्चर २०८का लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्