काठमाडौं । इजीलिंक रेमिट्यान्स प्रा.लि. र कृषि विकास बैंकवीच आन्तरिक विप्रेषण भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता पत्रमा कृषि विकास वैंकका प्रमुख संचालन अधिकृत यज्ञ प्रकाश न्यौपाने, विभागीय प्रमुख अजय कुमार रिमाल र इजीलिंक रेमिट्यान्स प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत डोल प्रसाद अर्याल तथा प्रबन्ध निर्देशक दिपेन्द्र खनालले हस्ताक्षर गरेका छन ।
उक्त सम्झौंता पश्चात अव कृषि विकास बैंक लिमिटेड (ADBL Remit) मार्फत पठाएको आन्तरिक विप्रेषणको रकम इजीलिंक रेमिट्यान्सको नेपाल भरि छरिएर रहेका ७,००० भन्दा धेरै एजेन्टहरुमार्फत सजिलै भुक्तानी लिन सकिने भएको छ । छिटो, छरितो र सहज तरिकाले विप्रेषण रकमलाई सेवाग्राहिसम्म पुर्याउन यो सम्झौंताले थप सहज हुने प्रमुख कार्यकारी अधिकृत अर्यालले बताए ।
हाल इजीलिंक रेमिट्यान्स प्रा.लि. ले ग्राहकको चाहनालाई मध्यनजर गर्दै कोरिया, जापान, साइप्रस, अष्ट्रेलिया लगायत विश्वका विभिन्न मुलुकहरुबाट पठाएको रकम कृषि विकास वैंकको देशभरि रहेका शाखाहरु मार्फत सहजै भुक्तानी लिन सकिने साथै ग्राहकको खातामा विदेशबाट आएको रकम ५ मिनेटमै जम्मा हुने व्यवस्था मिलाएको छ ।
ग्राहकलाई भुक्तानीमा कुनै समस्या परेमा सिधै कम्पनीको फोन नम्बर ०१-४३८८३७५ मा तुरुन्त सम्पर्क गर्न सकिने व्यवस्था रहेको कम्पनीका प्रबन्ध निर्देशक दिपेन्द्र खनालले जानकारी दिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्