×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

डोमेस्टिक एयपोर्टमा पोर मेनेजमेन्टको असर : सबैजसो फ्लाइट १ घन्टा डिले ! (फोटो-कथा)

काठमाडौँ । मंगलबार बिहानैदेखि आन्तरिक तर्फका दर्जनौं नियमित उडान प्रभावित भएका छन् । मौसम ठिक हुँदा पनि मंगलबार बिहानैदेखि आन्तरिक तर्फका दर्जनौं नियमित उडान १ घण्टा डिले भएका हुन् ।
उडान ढिला हुँदा सयौं यात्रु त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा रोकिएका छन् । उडान १ घन्टा प्रभावित भएपछि विमानस्थलमा यात्रुको संख्या धेरै हुँदा बस्ने ठाउँकोसमेत अभाव भएपछी कतिपय यात्रु टर्मिनलमै उभिन बाध्य भएका छन् ।
यसो हुँदा बिरामी यात्रु भने बिचल्लीमा परेका छन् । यता एयरपोर्ट प्रशासनले भने एयर ट्राफिकको कारण यस्तो भएको जानकारी दिएको छ । फ्लाइट डिले हुँदा यात्रु रोकिएर हुने भीड व्यवस्थापनमा भने हवाई सेवा कम्पनीहरुको लापरवाही देखिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: