×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पुनर्बीमा सम्बन्धी नयाँ निर्देशनविरुद्ध अख्तियारमा उजुरी दर्ता, अर्थमन्त्री शर्मादेखि समितिका अध्यक्षसम्मको नाम जोडियो…!

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

पुनर्बीमा सम्बन्धी नयाँ निर्देशनविरुद्ध अख्तियारमा उजुरी दर्ता, अर्थमन्त्री शर्मादेखि समितिका अध्यक्षसम्मको नाम जोडियो…!

Artha Sarokar

७ पुष २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुनर्बीमा सम्बन्धी नयाँ निर्देशनविरुद्ध उजुरी दर्ता भएको छ । पुनर्बीमा कम्पनीले लिखित रुपले अस्विकृत गरेको पुनर्बीमा मात्रै विदेशी कम्पनीलाई दिन सकिने बीमा समितिको निर्णयविरुद्ध अख्तियारमा दुई जनाले मंसिर २२ गते उजुरी दर्ता गराएका हुन् । आयोगले सो उजुरी दर्ता नम्बर सी–०१८५११ मा दर्ता भएको जनाएको छ । ‘बीमा समितिको सञ्चालक समिति बैठकको माईन्युट किर्ते गरिएकोले छानविन गरि कारवाही गरिपाउँ’ भन्दै दुई जनाले सो उजुरीमार्फत माग गरेका छन् ।
पुनर्बीमा सम्बन्धी नयाँ निर्देशनको सम्बन्धमा गरिएको निर्णयमा बीमा समितिका अध्यक्ष, सञ्चालक समिति, अर्थमन्त्री जनार्दन शर्मा र अर्थ सचिव मधुकुमार मरासीनीको मिलेमत्तो रहेको उनीहरुको भनाई छ । यस्तै सबै पुनर्बीमा नेपाली कम्पनीमै गर्नुपर्ने निर्णयले हिमालयन रिइन्स्योरेन्स कम्पनीका लागि ६ अर्बको व्यवसाय सुनिश्चित गरिदिएको बताउँदै उजुरीकर्ताले सो निर्णयले आर्थिक अपचलन भएको दाबीसमेत गरेका छन् ।
उनीहरुले बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवाल, सञ्चालक समिति, अर्थमन्त्री जनार्दन शर्मा र सचिव मधुकुमार मरासीनीको पनि संलग्न रहेको उजुरीमा उल्लेख गरेका छन् । संलग्नलाई तत्कालै पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाउन उजुरीकर्ताहरुले माग गरेका छन् ।
समितिका अध्यक्ष सिलवालले हिमालयन रिलाई व्यवसाय सुनिश्चित गरिदिने उदेश्यले सञ्चालक समितिको माइन्युट नै किर्ते गरेको दाबीसमेत उजुरीकर्ताले गरेका छन् । उजुरीमा बीमा समिति सञ्चालक समितिको माइन्युट र समितिमा जडान गरिएका सीसी क्यामेराहरुका फुटेजहरुको अध्ययन गरी कारवाही गर्न आग्रह गरेका हुन् ।
यसो त हिमालयन रि लाइसेन्स प्रकरणदेखि नै विवादमा पर्दै आएको थियो । सुनियोजीत रुपमा हिमालयनलाई लाइसेन्स दिएको भन्दै केहि समयअघि तत्कालिन विपक्षी मोर्चामा आवद्ध र हाल सत्तारुढ गठबन्धनमा आवद्ध पाँच विद्यार्थी संगठनहरुले पनि अख्तियारमा लिखित उजुरी हालेका थिए ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी