×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

“बजाज खुशीका तीन डोज” को विजेता घोषणा, लालबन्दीका बिट्टुले जीते १० लाख

GLOBAL IME BANK

“बजाज खुशीका तीन डोज” को विजेता घोषणा, लालबन्दीका बिट्टुले जीते १० लाख

५ पुष २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपालको लागि बजाजको एकमात्र आधिकारिक विक्रेता हंसराज हुलासचन्द एन्ड को प्रा.लि. ले “बजाज खुशीको ३ डोज” को विजेता घोषणा गरेको छ । नेपालीहरुको महान चाड बडादसैंँ, तिहार र छठको अवसरमा सुुरु गरिएको “खुशीको ३ डोज”को विजेता बन्न सफल भई लालबन्दीका बिट्टु कुमार गुप्ताले १० लाख हात पार्न सफल भएका छन् । उनलेले अर्किड्ज मोटर्स प्रालिबाट मोटरसाइकल खरिद गरेका थिए ।

बजाजले सदैव ग्राहकहरुका लागि रोमाञ्चक योजना र अफरहरु ल्याउँदै आइरहेको छ । र, कोभिड-१९ महामारीको समयमा पनि बजाजले ग्राहकहरु माझखुशी बाँड्न आवश्यकता अनुरुपका योजनाहरु ल्याएको थियो ।

यस अफर अन्तर्गतग्राहकहरुले कुनै पनि बजाज मोटरसाइकल किन्नुभन्दा पहिले,किन्दाखेरी र किनिसकेपछि नगद पुरस्कार प्राप्त गर्ने अवसर थियो । साथै ग्राहकहरुले बाइक किन्नुभन्दा पहिले १०,००० सम्मको अग्रिम नगद प्राप्त गर्ने अवसर पनि थियो । त्यसबाहेक, उपभोक्ताहरुले मोटरसाइकलको खरीद गर्ने बेलामा १,००,००० सम्मको नगद मूल्य गर्ने अवसर पनि थियो र बम्पर अफरमा भने कुनै पनि आधिकारिक डिलरबाट बजाज मोटरसाइकल किनिसकेपछि १०,००,००० को नगद पुरस्कार प्राप्त गर्ने अवसर पनि थियो ।

विजेता बिट्टु कुमार गुप्ताले भने,“यो पुरस्कार जित्न पाउँदा म अत्यन्तै खुशी छु । यस्तो योजना सन्चालन गरेकोमा म बजाज मोटरसाइकललाई धन्यवाद दिन चाहन्छु ।” शेखर गोल्छा, हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक भन्छन्, “खुशीका तीन डोजमा सहभागि सम्पूर्ण उपभोक्ताहरुलाई हार्दिक धन्यवाद र विजेताहरुलाई हार्दिक बधाई दिन चाहन्छु । हामीले सँधै हाम्रा ग्राहकवर्गको लागि उपयुक्त हुने योजना र अफरहरु ल्याइरहेका छौँ । यो योजनामा यहाँँहरुको उत्साहजनक सहभागिताको लागि हामी ग्राहकवर्गको लागि उपयुक्त हुने योजना र अफरहरु ल्याइरहेका छौँ । यो योजनामा यहाँँहरुको उत्साहजनक सहभागिताको लागि हामी आभारी छौँ ।”

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: