काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पुसदेखि बैंकको ब्याजदर बढ्ने बताएका छन् । आज बिहिबार अर्थ समितिमा भएको छलफलमा उनले यस्तो बताएका हुन् । उनले बैंकिङ प्रणालीको तरलता संकुचनले पछिल्लो महिना बैंकको ब्याजदर १ प्रतिशतसम्मले बढ्न सक्ने जनाएका हुन् ।
हालको अवस्थामा बैंकको ब्याजदर औसतमा ८/९ प्रतिशत हुनु स्वाभाभिक रहेको उनले बताए । तरलता संकट व्यवस्थापन गर्ने राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा गरेका व्यवस्थामा संशोधन तथा परिमार्जनको आवश्यकता देखिएको उनको भनाइ छ । राष्ट्र बैंकका अनुसार साउनयता कर्जा ४ खर्ब ११ रुपैयाँले प्रवाह हुँदा निक्षेप ६४ अर्ब रुपैयाँमात्र संकलन भएको छ भने पछिल्लो तथ्यांक अनुसार बैंकिङ प्रणालीमा १६ अर्ब रुपैयाँ तरलता मौज्दात छ ।
तरलता व्यवस्थापनका लागि मात्र राष्ट्र बैंकले गत साउनयता २३ गतेसम्म सहज अवस्था भएपछि नेपाल राष्ट्र बैंकले त्यसपछि मात्रै २३ खर्ब ८६ अर्ब तरलता विभिन्न मौद्रिक उपकरण प्रयोग गरी बैंकिङ प्रणाली पठाएको उनले बताए । बिहिबार अर्थ समितिले अर्थतन्त्रको वर्तमान अवस्था चुनौती, अर्थमन्त्रालयको काम कारवाही र भावी योजना लगायतमा राष्ट्र बैंक र अर्थमन्त्रालयसँग छलफल गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्