×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘पुस महिनाको ब्याजदर बढ्दैन’ : बैंकर संघ

PRIME CA
GLOBAL IME BANK

‘पुस महिनाको ब्याजदर बढ्दैन’ : बैंकर संघ

२४ मंसिर २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल बैंकर्स एसोसिएसनले पुस महिनाको ब्याजदर नबढाउने जनाएको छ । आज शुक्रबार बसेको बैठकले पुस महिनाको ब्याजदर नबढाउने निष्कर्ष निकालेको हो ।
कात्तिक र मङ्सिरमा निक्षेपको ब्याज बढाएका बैंकहरूले पुसमा भने नबढाउने सहमती भएको हो । संघका अध्यक्ष अनिल उपाध्यायले बजारमा तरलताको सङ्कट बढ्दै गएको भए पनि पुस महिनाको लागि ब्याजदर नबढाउने सहमति भएको बताए ।
बैठकमा २५ बैंकका सीईओ तथा प्रतिनिधि सहभागी थिए भने बैंक अफ काठमाडू र लक्ष्मी बैंकको प्रतिनिधि सहभागी भएनन् । संघले सहभागी नभएका २ बैंकका प्रतिनिधि र विकास बैंक, वित्त कम्पनीसँग पनि सल्लाह गरेर ब्याजदरबारे निर्णय लिने अध्यक्ष उपाध्यायले बताए ।
कात्तिक १ गतेदेखि ९.३६ र मङ्सिर १ गतेबाट १०.०५ प्रतिशतमा निक्षेप लिन पाउने सहमति भएको थियो । बैंकहरूले रेमिट्यान्सको लागि छुट्टै १ प्रतिशत थप व्याज दिन पाउने व्यवस्था गरेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: