Skip to content
LAXMI SUNRISE BANK

एक सातामा ५ अर्बले घट्यो वाणिज्य बैंकहरुको निक्षेप संकलन, कर्जा प्रवाह कति ?

अर्थ सरोकार

काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप संकलन घटेको छ । नेपाल बैंकर्स संघले अघिल्लो साता केही सुधार भएको निक्षेप संकलन गत साता पुनः ५ अर्ब रुपैयाँले घटेको जनाएको हो । संघका अनुसार मंसिर १७ गतेसम्म ४२ खर्ब २६ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरुको निक्षेप घटेर मंसिर २४ गतेसम्म ४२ खर्ब २१ अर्ब रुपैयाँमा आएको हो ।

संघले यस अवधिमा बैंकहरुको कर्जा प्रवाह भने ८ अर्ब रुपैयाँले बढेको जनाएको छ । मंसिर १७ गतेसम्म ४० खर्ब ६९ अर्ब रुपैयाँ रहेको कुल कर्जा लगानी ८ अर्बले बढेर मंसिर २४ गतेसम्म ४० खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ ।
यता वाणिज्य बैंकहरुको औषत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) अझै राष्ट्र बैंकले तोकेको ९०% सीमाभन्दा माथि रहेको छ । बैंकर्स संघका अनुसार मंसिर २४ गतेसम्म सीडी रेसियो ९१.४९% रहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK