×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच भयो मर्जरमा जाने औपचारिक निर्णय

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच भयो मर्जरमा जाने औपचारिक निर्णय

Artha Sarokar

५ पुष २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । मर्जर सहमति भएको लामो समयपछि हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जरमा जाने औपचारिक निर्णय भएको छ । हिमालयन बैंकको आइतबार साँझ भएको बैठकले मर्जर प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । यी दुइ बैंकको मर्जरका विषयमा भएको विवादकाबीच राष्ट्र बैंकले दुई पटक समय थप गरिदिएपछि यी दुई बैंक मर्जरमा जाने औपचारिक निर्णय भएको हो ।
अब आगामी शुक्रबारसम्म २१ दिनको समय राखेर साधारणसभा डाकिने छ । सभाको मुख्य एजेण्डामा लाभांशसँगै नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने हुनेछ । राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृति दिएपछि हिमालयन बैंकका तर्फबाट मर्जर प्रक्रिया अवरुद्ध भएको थियो ।
सोहिबीचमा बैंक सञ्चालक समितिको अध्यक्ष तुलसीराम गौतमका ठाउँमा प्रचण्डमान श्रेष्ठ आएपछि मर्जर प्रक्रिया रोकिएको थियो । मर्जर रोकिएपछि राष्ट्र बैंकले दुई पटक समय थप गरेको थियो । दुई बैंकबीच मर्जर भएपछी हिमालय नेपाल इन्भेष्टमेन्ट बैंकको नामबाट कारोबार हुनेछ । अध्यक्ष इन्भेष्टमेन्ट बैंकका तर्फबाट पृथ्वीबहादुर पाँडे हुने छन् भने प्रमुख कार्यकारी अधिकृत हिमालयन बैंकको तर्फबाट अशोक राणा हुने छन् ।
यस्तै नेपालका पुराना र ठूला दुई वाणिज्य बैंक नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच भएको मर्जर भएपछि नेपाली बैंकिङ इतिहासकै सबैभन्दा ठूलो मर्जर हुनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी