Skip to content
LAXMI SUNRISE BANK

तरलताको बहानामा बैंकहरुले ऋणको ब्याजदर अत्याधिक बढाएपछि व्यवसायीहरु आक्रोशित, लगाए यस्तो आरोप…!

अर्थ सरोकार

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकहरुले अत्याधिक ब्याज बढाएको भन्दै आपत्ति जनाएको छ । शुक्रबार एक प्रेस विज्ञप्ति निकाल्दै महासंघका अध्यक्ष नरेश कटुावालले बैंक तथा वित्तीय संस्थाहरुले लगानी योग्य रकम (तरलता) को बहानामा ऋणको ब्याजदर अत्याधिक बढाएको भन्दै आपत्ति जनाएका हुन् ।
साथै उनले बैंकको पछिल्लो कामकारबाहीले अर्थतन्त्रलाई थप जटिलतातर्फ धकेल्न खोजेको बताएका छन् । महासंघले कोरोनाका कारण निकै अप्ठ्यारो अवस्थामा परेको उद्योग व्यवसायले पुनः बैंकको ब्याजदरका कारण समस्या खेपिरहेको जनाएको छ ।
महासंघले विज्ञप्तिमार्फत लगानीमा रहेको ऋणको पनि बैंकले मनपरी ढंगले ब्याज बढाइरहेको भन्दै बढाइएको ब्याज तत्काल फिर्ता लिन भनेको छ । बढाइएको ब्याजदर फिर्ता लिएर सहज तरिकाले उद्योग व्यवसाय गर्ने वातावरण निर्माण गर्न महासंघले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकसँगसमेत आग्रह गरेको छ ।
विज्ञप्ति ‘पछिल्लो समय बैंकहरुले तरलता अभावका बहानामा उद्योगी व्यवसायीहरुलाई ऋण अड्काउने, मनपरी ढंगले ब्याजदर बढाउने लगायतका भइरहेका गतिविधिप्रति नेपाल राष्ट्रिय व्यवसायी महासंघको गम्भीर ध्यानाकर्षण भएको छ’ उल्लेख छ, ‘अझ खासगरी साना तथा मझौला तथा घरेलु उद्योगी व्यवसायीहरुलाई बैंक तथा वित्तीय संस्थाहरुले गर्ने व्यवहार समेत फरक हुने र यस्तो अवस्थामा ठूला उद्योगी व्यवसायीहरुलाई मात्रै सहज तरिकाले ऋण प्रवाह गर्ने गरेको समेत गुनासो सुनिन आएको छ ।’
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK