×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक सातामा वाणिज्य बैंकहरुको निक्षेप संकलन ४ अर्ब रुपैयाँले घट्यो, कर्जा प्रवाहको अवस्था कस्तो ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

एक सातामा वाणिज्य बैंकहरुको निक्षेप संकलन ४ अर्ब रुपैयाँले घट्यो, कर्जा प्रवाहको अवस्था कस्तो ?

Artha Sarokar

१२ पुष २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एक सातामा वाणिज्य बैंकहरुको निक्षेप संकलन ४ अर्ब रुपैयाँले घटेको छ । नेपाल बैंकर्स संघका अनुसार पुस ९ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप घटेर ४२ खर्ब ३५ अर्ब रुपैयाँमा आइपुगेको हो । पुस २ गतेसम्म भने वाणिज्य बैंकहरुको निक्षेप ४२ खर्ब ३९ अर्ब रुपैयाँ रहेको थियो ।
यस अवधिमा बैंकहरुको कर्जा प्रवाह भने ३ अर्ब रुपैयाँले बढेको छ । पुस २ गतेसम्म ४० खर्ब ८५ अर्ब रुपैयाँ रहेको कुल कर्जा लगानी ३ अर्बले बढेर पुस ९ गतेसम्म ४० खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ । पुस ९ गतेसम्म वाणिज्य बैंकहरुको सीडी रेसियो ९१.३०% रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी