×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बीमा समितिले बढाएको बीमा शुल्क घटाउन इपान र निर्माण व्यवसायी महासंघले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

PRIME CA

बीमा समितिले बढाएको बीमा शुल्क घटाउन इपान र निर्माण व्यवसायी महासंघले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

१३ पुष २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) र निर्माण व्यवसायी महासंघले बीमा समितिले बढाएको बीमा शुल्क घटाउन माग गरेका छन् । इपान र निर्माण व्यवसायी महासंघले सो माग राख्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका हुन् । समितिले असोजमा निर्जीवन बीमा कम्पनीहरूका लागि जारी गरेको मिनिमम प्रिमियम रेट फर नन–ट्यारिफ इन्स्योरेन्स बिजनेश निर्देशन तत्काल खारेजीको मागसहित इपान र महासंघले संयुक्तरूपमा देउवासमक्ष ज्ञापनपत्र बुझाएका हुन् ।
इपानका तर्फबाट उपाध्यक्ष गणेश कार्की, सचिव बलराम खतिवडा, कार्यकारी सदस्य उत्तम ब्लोन लामा तथा निर्माण ब्यवसायी महासंघका तर्फबाट अध्यक्ष रवि सिंहसहित प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझ्दै देउवाले बीमा समितिसँग छलफल गरेर समस्याको समाधानको गर्न आफ्नो सचिवालयलाई निर्देशन दिएका थिए ।
इपान र महासंघले आइतबारनै बीमा समितिमा पनि संयुक्तरूपमा सात दिने अल्टिमेटमसहितको ज्ञापनपत्र बुझाइको छ । सरोकारवाला निकायसँग कुनै छलफलै नगरी एकलौटी रूपमा जारी गरिएको सो निर्देशिकाप्रति आपत्ति जनाउँदै तत्काल खारेजीको माग राखेर सात दिने अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: