×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थमन्त्री शर्मा र लगानीकर्ताहरुबीच भेटवार्ता, पूँजीबजारको दिगो विकास र विस्तारको लागि सबै काम गर्ने प्रतिबद्धता !

PRIME CA
GLOBAL IME BANK

अर्थमन्त्री शर्मा र लगानीकर्ताहरुबीच भेटवार्ता, पूँजीबजारको दिगो विकास र विस्तारको लागि सबै काम गर्ने प्रतिबद्धता !

२८ मंसिर २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र पुँजी बजार सुदृढीकरण बृहत कार्यदलबीच भेटवार्ता भएको छ । सो भेटमा अर्थमन्त्री शर्माले पूँजीबजारको दिगो विकास र विस्तारको लागि आफूले सबै काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
साथै लगानीकर्ता र अर्थमन्त्री शर्माबीच पूँजीबजारको वर्तमान अवस्था, सेयर धितो कर्जा, धितोपत्र बोर्ड र नेप्सेका प्रमुखको नियुक्ती, ५८ बुँदेका बाँकी कामहरु र तत्काल गर्नुपर्ने सुधारका कार्यहरुको बारेमा सकारात्मक छलफल भएको हो ।
सो क्रममा अर्थमन्त्रीले आफु पूँजीबजारको दिगो विकास र बिस्तारको लागि लागिरहेको र कार्यदलले उठाएका मागहरु धितोपत्र बोर्ड र नेप्सेका प्रमुखको नियुक्तिसँगै पुरा गरिने विश्वास दिलाएका पूँजी बजार सुदृढीकरण बृहत कार्यदलका संयाेजक अम्बिका प्रसाद पाैडेलले जानकारी दिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: