×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्रोत नखुलेको साढे ६९ लाखसहित काठमाडौँबाट एक जना पक्राउ !

PRIME CA
GLOBAL IME BANK

स्रोत नखुलेको साढे ६९ लाखसहित काठमाडौँबाट एक जना पक्राउ !

२१ मंसिर २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौंको दबारमार्गस्थित बिइङ ह्युमन कपडा पसलबाट स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँसहित सोही पसलका मनेजेरलाई शुक्रबार पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ पर्नेमा काठमाडौं सामाखुसी बस्ने सर्लाहीको बरथवा घर भएका २२ वर्षीय होरोसी खनाल रहेको जनाएको छ । सो पसल तलासी गर्दा १ हजार दरको ४९ लाख रुपैयाँ र ५ सय दरको २० लाख ५० हजार रुपैयाँ गरी उक्त रकम फेला परेको पनि प्रहरीले जनाएको छ ।
पक्राउ परेका खनाललाई आवश्यक कारवाहीका लागि सम्पत्ती शुद्धिकरण बिभाग पुल्चोक ललितपुर पठाइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: