Skip to content
LAXMI SUNRISE BANK

‘सेयर बजार घट्नुमा नेताहरुको अभिव्यक्ति नै मुख्य कारण हो’ : नेपाली कांग्रेस (बिपी)

अर्थ सरोकार

काठमाडौँ । नेपाली काँग्रेस (वी.पी.) ले सेयर बजार घट्नुमा नेताहरुको अभिव्यक्ति नै मुख्य कारण भएको भन्दै बजारमा प्रभाव पार्ने गरि गैरजिम्मेवार अभिव्यक्ति नदिन सम्बन्धित सबैलाई सचेत गराएको छ । पार्टीले एक विज्ञप्ति जारी गर्दै सम्बन्धित सबैलाई यस्तो सचेत गराएका हो ।
विगत केहिदिनदेखि निरन्तर ओरालो लागेको सेयर बजार साताको पहिलो दुई दिन आइतबार र सोमबार लगातार अप्रत्यासित रुपमा घटेपछि नेपाली कांग्रेस बिपीले पनि बजारका बारेमा नकारात्मक नबोल्न सम्बन्धित सबैमा आग्रह गरेको छ । नेताकै अभिव्यक्तिका कारण सेयर बजार ओरालो लाग्दा लगानीकर्ता चिन्तित भएको भन्दै पार्टीका महामन्त्री देवेन्द्र प्रकाश पौडेलले मंगलबार एक प्रेस विज्ञप्ति नै जारी गरेर नेताहरुलाई सेयर बजारबारे नकारात्मक नबोल्न चेतावनी दिएका हुन्।
लाखौँ लगानीकर्ताहरुको मनोबल उच्च राखी लगानीको वातावरण सृजना गर्न र पूँजीबजारको विकास र विस्तारको लागि तत्काल कार्य गर्न नेपाल सरकारसँग पार्टीले मागसमेत गरेको छ।  विभिन्न नेताहरुले सेयर बजारलाई कहिले साम्राज्यवादीहरुको विकशित रुप भन्ने त कहिले हावा भरिएको भन्ने, कहिले ४/१२ को कुरा ल्याएर शेयर बजारलाई प्रभावित पार्ने  त कहिले यस्तै गैरजिम्मेवार अभिव्यक्ति दिने कामले ४६ लाख लगानीकर्ताहरुमा निराशा छाएको बताएको छ ।
काँग्रेस (वी.पी.) ले सेयर बजार अर्थतन्त्रको मेरुदण्ड भएको तर नेता र नियमकारी निकायहरुमा अध्ययन नहुँदाको परिणाम पूँजीबजारप्रति सकरात्मक धारणा आउन् नसकेको भन्दै सत्ताधारी कांग्रेस मौन रहनु अत्यन्त दु:खद भएकोसमेत बताएको छ ।  साथै लामो समय देखि नियमकारी निकाय धितोपत्र बोर्ड र नेप्सेको कार्याकारी प्रमुख नियुक्ति गर्न नसक्नुको विषयलाई काँग्रेस (वी.पी.) ले पदहरुमा सट्टा बजारमा जस्तो सरकारको भूमिका रहेको आरोप लगाएको छ ।
सेयर बजारसम्बन्धि अभिव्यक्तिका कारण लाखौँ लगानीकर्ताहरुले बजारविरोधीहरुलाई परास्त गर्नुपर्ने आवाज उठाईरहेका बेला सोमबार अर्थमन्त्री जनार्दन शर्माले भने लगानीकर्ताहरुलाई ढुक्क भएर लगानी गर्न र सरकारले गर्नुपर्ने काम गर्ने आश्वासन दिएका थिए ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK