×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंकको बाथरूममा बेहोस भएकी महिलाको मृत्यु

LAXMI SUNRISE BANK
GLOBAL

सिटिजन्स बैंकको बाथरूममा बेहोस भएकी महिलाको मृत्यु

४ पुष २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

जुम्ला । सिटिजन्स बैंकको जुम्लास्थित शाखाको बाथरूममा बेहोस भएकी नर्सको अस्पतालमा मृत्यु भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स अनुपमा श्रेष्ठको सोहि अस्पतालमा उपचारका क्रममा शुक्रबार निधन भएको हो ।
जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी तथा प्रहरी निरीक्षक युवन चौधरीका अनुसार कोहलपुर उपमहानगरपालिका बाँकेकी २६ वर्षीया श्रेष्ठ कर्णाली प्रतिष्ठानमा कार्यरत थिइन् । बिहिबार दिउँसो बैंकको बाथरूममा वेहोस भएको अवस्थामा श्रेष्ठ भेटिएपछि कर्णाली प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो ।
सो घटनाको थप अनुसन्धान भइरहेको र आफन्तसमेत जुम्ला आइपुगेको प्रहरीले जनाएको छ । कर्णाली प्रतिष्ठानका प्रवक्ता तथा डीन डाक्टर रमेश भट्टटराईले बेहोस अवस्थामा ल्याइएको र पछि मुटुको धड्कन फिर्ता आएको थियो । यता उनलाई आइसियुमा राखेर उपचार गरिएको भएपनि बचाउन नसकिएको चिकित्सकहरु बताउँछन् । २४ घण्टासम्म आइसियुमा राख्दा पनि होसमा आउन नसकेपछि चिकित्सकको टोलीले शुक्रबार साँझ मृत घोषणा गरेको थियो।
यता बैंकका म्यानेजर महेश शाहीले श्रेष्ठ साथीको बहिनी भएकी र लामो समयदेखि चिनजान भएकाले बिहिबार बैंकमा आएका बेला बाथरूममा पसेको बताएका छन् । पछि बेहोस भएर ढलेकी र ढोका फोडेर अस्पताल पुर्याइएको उनले बताए । उनले दिउँसो आफूहरु अफिसमै भएको समयमा घटना भएको जानकारी दिए । सो बेला बैंकमा गार्ड, कस्टमर र अन्य कर्मचारी पनि बैंकमै रहेकोसमेत बताए ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले प्रहरीले कानुनी प्रक्रिया पूरा गरेर अनुसन्धान अघि बढाउने बताए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका उपकुलपति डा. मंगल रावलले कर्णाली अस्पतालले एक जना होनाहार स्वास्थ्यकर्मी गुमाएको भन्दै दुःख व्यक्त गरेका छन्।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी