×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंक लुट प्रकरण : ४ जना जेल चलान, फरार ७ अभियुक्तविरुद्ध वारेन्ट जारी !

PRIME CA
GLOBAL IME BANK

सिटिजन्स बैंक लुट प्रकरण : ४ जना जेल चलान, फरार ७ अभियुक्तविरुद्ध वारेन्ट जारी !

२८ मंसिर २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

सिटिजन्स बैंक लुट प्रकरणमा ४ जना जेल चलान भएका छन् । दुई महिना अघि बैंकको विराटनगरस्थित कर्शिया शाखामा भएको लुटपाटमा संलग्नहरु जेल चलान भएका हुन् । मोरङ अदालतका न्यायाधीश सुदर्शन लम्सालको इजलासले बैंक लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ परेका विराटनगर ८ का श्याम मुखिया, भारतको अररिया जिल्लाको थाना बरगाना पञ्चायत शेखपुराका सुनिल यादव, सोही ठाउँका विजय बहरदार र रोशन कुमार यादवलाईलाई पुर्पक्षको लागि जेल चलान गर्ने आदेश दिएको हो।
मोरङ जिल्ला अदालतका स्रेस्तेदार टिकेन्द्र वीरजङ्ग राणाका अनुसार आइतबार भएको थुनछेक बहसपछिको आदेशले उनीहरुलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो । अदालतको आदेशपछि उनीहरू पुर्पक्षको लागि मोरङ कारागार चलान भएको अदालतले जनाएको छ।
बैंकबाट लुटेको २४ लाख ८५ हजार ३ सय ९३ रुपैयाँसहित फरार ७ भारतीय नागरिक भने अझै पक्राउ पर्न नसकेको प्रहरीले जानकरी दिएको छ । यद्यपी उनीहरु भारत विहारको अररियामा लुकेर बसेको प्रहरीको अनुसन्धानले देखाएको छ । सो घटनाका मुख्य योजनाकार विराटनगर–८, बलुवाहीका ३२ वर्षीय श्याम मुखियासहित तीन जना र केही दिनपछि थप एकजना पक्राउ परेका थिए ।
प्रहरीले सो घटनामा एक नेपालीसहित ११ जनाको संलग्नताको रहेको जनाएको छ । मुख्य योजनाकार एक नेपाली र तीन भारतीय पक्राउ परिसकेका छन् । सीसीटीभी फुटेजबाट पक्राउहरुको कसुर प्रमाणित भइसकेको र उनीहरुले पनि स्वीकारेको मोरङ प्रहरीका अनुसन्धान अधिकृत डीएसपी दीपक श्रेष्ठले बताए ।
रकमसहित फरार रहेका ७ भारतीय लुटेराको खोजी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका र फरारमध्ये केही लुटेराहरु भारतमा पनि ‘वान्टेड’ सूचीमा रहेकाले भारतको अररिया प्रहरीले पहिलेदेखि खोजिरहेको थियो । लुटेराको समूहले २२ असोजमा विराटनगरको मेनरोडस्थित एक गार्मेन्ट र २५ असोजमा उक्त बैंक लुटेको थियो । उनीहरुले बैंकबाट करिब २५ लाख रुपैयाँ, एक मोबाइल र गार्मेन्टबाट १२ हजार रुपैयाँ एवं ४ मोबाइल लुटेका थिए । लुटेराको समूहले बैंक लुटपाट गर्ने क्रममा गोलिसमेत चलाएका थिए । सो क्रममा बैंकका गार्ड घाइतेसमेत भएका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: