×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दिँउसो सडकमा गुडिरहेको ढुवानी गाडीलाई किन कारबाही गरिएन ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार

PRIME CA
laxmi sunrise bank

दिँउसो सडकमा गुडिरहेको ढुवानी गाडीलाई किन कारबाही गरिएन ?

-अनुसा थापा

भक्तपुर । नेपालमा भवन, पुलजस्ता भौतिक निर्माणहरुका कार्यरु दैनिक बढ्दो छ । देशले विकासले लय लिन खाजेकाले पनि भौतिक चीजहरुको निर्माण गरिँदै आएको छ । भौतिक परियोजनाले गति लिँदा सामान ओसारपसार गर्ने ढुवानी गाडीहरुको व्यस्तता बढेको छ । ढुवानी गाडीहरु कालो प्लेटमा दर्ता भएका हुन्छन् । सामान ओसारपसारकै लागि भनेर बनाइएका ढुवानी गाडीहरुले पछिल्लो समय ढाला काटेर जनता ठग्ने गरेको पाइएको छ । अटोशोरुमबाट खरिद गर्दा ढाला जत्रो हुन्छ त्यसलाई ढुवानी व्यवसायीले छोट्याउने गरेका छन् ।

ढुवानी व्यवसायीले टिपर, टाटामोडल, मिनिटाटाहरुको ढाला काट्ने गरेको पाइएको छ । यसको मारमा भने जनता परेका छन् । गिट्टी, वालुवा, रोडा, माटो मँहगो पैसा तिरेर पनि थोरै पाउनुको कारण यही नै हो । ढाला काटेपछि तोके जति सामान पाइदैन । खोला, नदी, जंगलबाट गिट्टी, वालुवा, माटो निकालिन्छ । सरकारी सम्पत्तिको एकातिर दोहन भइरहेको छ । अर्कोतिर राज्यले राजस्व पनि पाएको छैन भने जनतालाई घाटा भइरहेको छ । नदीनालाबाट गिट्टी निकाल्दा फोहोर पानी पिउन बाध्य छन् कोशी क्षेत्रका जनता ।

जंगल फडानी गरेर काठ ल्याउदा बाढीपहिरो आउने त्रासमा बस्न परेको छ । यता, गिट्टी वालुवा बेच्ने माफियाहरुलाई फाइदा भइरहेको छ । खोलाबाट सित्तैमा गिट्टी वालुवा ल्याएर खाली चौरमा राख्ने । अनि एक टिपको बीस हजारसम्ममा बिक्री गर्ने । जसले खाली जग्गा लिएर गिट्टी वालुवा बिक्री गर्छ उसले राज्यसंग राजस्व छली गरिरहेको छ । मँहगोमा यी सामानहरु बेच्छन् तर बिल दिदैनन् । इँटा पनि उही नै छ । फलाम र डण्डी कम तौल र गुणस्तरहीन बेच्छन् हार्डवेयर पसल सञ्चालक । भौतिक पुर्वाधारका सामान बेच्नेहरुले निकै सहज ढंगले जनता ठगिरहेको छन् ।

निजीभन्दा पनि सरकारी पुर्वाधारको विकास गर्दा जनताको आँखामा धुलो हाल्ने र राजस्व सकाउने काम मात्र भइरहेको छ । केही वर्ष अगाडि ट्राफिक प्रहरीहरुले ढाला काटेर फलाम, काठ राख्ने मिनिटाटा र टिपरहरुलाई कारबाही गरेको थियो । सो घटनामा उपत्यकाका तीन जिल्लाबाट मात्रै डेढ सय वटा ढाला काट्ने ढुवानी गाडीहरु समातिएका थिए । ढुवानी साहुहरुले अब हामी पनि कारबाहीमा पर्छौ भनेर गाडी नै लुकाएका थिए । यातायात व्यवसायी राष्ट्रिय महासंघ र सार्वजनिक यातायात केन्द्रीय महासंघका नेताहरुले त्यति खेरको यातायात मन्त्री र गृह मन्त्रीलाई भेटेपछि समातेको गाडी छोडियो ।

त्यसपछि लुकाएर लगेर ग्यारेजमा राखिएका गाडीहरुको समेत खोजतलास भएनन् । जसले गर्दा ढुवानी गाडीहरुको मनोबल बढ्यो र जनता ठग्ने क्रम रोकिएन् । अहिले सञ्चालनमा रहेको ढुवानी गाडीहरुको ढाला काटिएको छ । फलाम र काठ राखेर ढुवानी गाडीहरु बाटोमा गुडिरहेको छन् । कम सामान दिएर मँहगो रकम असुल्ने क्रम रोकिएको छैन । ट्राफिक महाशाखा र यातायात व्यवस्था विभागले अनुगमन गरेर कारबाही गरेको छैन । सामान ओसारपसार गर्दा पालले अनिवार्य छोप्नुपर्छ । तर, ढुवानी गाडीहरु नछोपीकन धुलो उडाउँदै गुडिरहेको छ ।

जसले गर्दा अन्य सवारी चालकलाई पनि अप्ठयारो पर्ने गरेको छ भने ट्राफिकले पनि मनलाग्दी गरेर हिड्ने ढुवानी गाडीलाई कारबाही गरेको छैन् । ढुवानी चालकहरुले सिडियो र ट्राफिक प्रहरीहरुलाई कमिशन दिएको होलान् त्यसैले पनि यिनीहरुलाई समातिएको छैन । दिँउसो पनि ढुवानी गाडीहरु चलिरहेको देखिन्छ । त्यही पनि पक्राउमा पर्दैनन् । पछिल्लो समय ट्राफिक प्रहरीले अनुमन गर्न छोडिसकेको छ । अन्य यात्रु बोक्ने सवारी होस् या ढुवानी ट्राफिक महाशाखालाई मतलब नै छैन ।

यातायात व्यवस्था विभागले पाँच वटा गाडी हुने मान्छे कम्पनी र एउटा गाडी हुने घरेलुमा गएर पञ्जीकरण गरेर चलाउने भनिएको छ । तर, पैसा खान दिएर यातायात कार्यालयमा कागजपत्र नवीकरण गर्ने क्रम बढिरहेका छन् । पानी बोक्ने ट्यांकर पनि ढुवानी गाडी अन्तर्गत नै पर्छ । जमिन भित्रबाट बोरिङ गरेर ल्याएको पानी आफुखुसी रेट राखेर बिक्रीवितरण गरिरहेको छन् । यता, पाउ, टेलर, ट्याक्टरहरु पनि कम्पनी र घरेलुमा गएर पञ्जीकरण भएका छैनन् ।

अटोरिक्सा नगरपालिकामा दर्ता भएर चलिरहेको छन् । यिनीहरु यातायात कार्यालयमा दर्ता भएका छैनन् । कम्पनी र घरेलुमा गएर पञ्जीकरण गर्नु परको कुरा भयो । यी सवारीहरु पञ्जीकरण नहुँदा राज्यले राजस्व पाएको छैन । यिनीहरुलाई यातायात कार्यालयमा लगेर कालो प्लेटमा दर्ता गराउने हो भने राज्यले राजस्व पाँउछ । यातायात व्यवस्था विभागले पनि यी सवारीको भाँडा निर्धारण गर्न पाँउछ । यात्रुले पनि सर्वसुलभ मुल्यमा यसको प्रयोग गर्न पाउछन् ।

यातायात मन्त्रालय र यातायात व्यवस्था विभागले अटोरिक्सालाई कि यातायात कार्यालयमा लगेर दर्ता गर्न लगाउनुपर्यो । कि चल्नबाट प्रतिबन्ध लगाउँनैपर्यो । रातो प्लेटमा दर्ता गरेको भ्यानहरुले सामान ओसार्ने गरेको छ्याप्छयाप्ती बजारमा भेटिन्छन् । रातो प्लेटमा दर्ता भएका सवारीले राज्यलाई जाँचपार, रोडपरमिट, घरेलु केसैको पनि राजस्व तिर्नुपर्दैन । यिनीहरुले यो सवारीको प्रयोग गरेर व्यापार गर्न पनि पाउँदैनन् । तर, बजारमा यस्ता सवारीले सामान बोकेर हिड्को प्रशस्तै भेटिन्छन् ।

राजस्व छल्नको लागि यो काम भइरहेको छ । ढुवानी गाडीहरुले गर्दा भाँडामा बस्ने मर्माहित बनेका छन् । गिट्टीवालुवा, रोडाकै मुल्य मँहगो परेपछि घरबेटीले कोठाबहाल पनि मँहगो गर्छ । घर बनाएको सबै पैसा घरबेटीले भाँडामा बस्नेसँग असुल गर्न खोज्छन् । अनि मारमा पर्ने त कोठाबहालमा बस्ने नै भएनन् र ? एउटा कोठाको ठाँउ हेरर आठ हजारसम्म कोठाबहाल लिएका छन् । पानी, बत्ती र फोहोरको पैसा त लिन्छन् नै शौचालयको पनि पैसा असुल गर्ने गरेका छन् । घर बनाउने ढलको व्यवस्था गर्न नसक्ने।

सेफ्टी ट्यांकीबाट फोहोर उठाएर लगेको पैसा पनि कोठाबहालमा बस्नेसँग लिन्छन् । वर्षैपिच्छे भाँडा बढाउदै लान्छन् । घर बनाएर कोठाबहालमा लाउने एउटा व्यापार गर्ने संस्था जस्तै भएको छ । सरकारले घर बनाएर कोठाबहालमा लाउनलाई नै प्रतिबन्ध लगाउनुपर्ने बेला भयो । कि सरकार आफैले कर्मचारी खटाएर भाँडा उठाउनुपर्छ । खेतीयोग्य जमिनमा घर बनाउन दिनुहुन्न । केही वर्ष अघिदेखि नेपालमा घर बनाउनेलाई विकासको रुपमा हेरिएको छ । घर बनाउने, कोठाबहालमा लगाएर सुतेर खाने प्रथा बढ्दो छ ।

अनि अन्नपात चाँहि अरु देशबाट ल्याउने, किन्ने खाने । नेपाललाई भिकारी नै बनाएर छोड्ने भए । राज्य घरबहाल कर उठाउनसमेत असमर्थ भएको छ । घरधनीको अगाडि राज्य लम्पसार । जग्गा दलालीहरुले देश चलाएका छन् । भुमाफियाहरुको हातमा देश सुम्पिएको छ । प्रधानमन्त्री, मन्त्री त नामका मात्रै हुन् । भुमि नै सकिएपछि नेपाली जनताले के खाने ? घर खान मिल्छ, भित्ता चाट्न मिल्छ । सरकारसंग यति पनि दिमाग छैन । भिजन नै नभएको व्यक्तित्वहरु कुर्सीमा बसेका छन् ।

गिट्टी, वालुवाजस्तै कुर्सीको पनि दोहन भइरहेको छ । जग्गाको भाउ दलाल तोक्ने, कोठाबहाल घरबेटी, गिट्टी, वालुवाको भुमाफिया । अनि सरकारको के काम ? हात बाँधेर बसुन् भनेर कुर्सी सुम्एिको हो ? कि दलालहरुको मनोबल बढाओस् भनेर मुलुकको अभिभावक ? अहिले सरकारी जागिर खानेदेखि विदेश जानेहरुको उद्देश्य जग्गा किन्ने, घर बनाउने । बहालमा लगाएर बसिबसि खाने । औधोगिक कलकारखाना खोल्नमा कसैको ध्यान नै जादैन । फेरि बेंकफाइनेन्स पनि घर बनाउनलाई कर्जा दिने ।

यातायात व्यवस्था विभागले राति नौ बजेदखि बिहान पाँच बजेसम्म मात्रै ढुवानी गाडीहरु उपत्यकाभित्र चल्ने दिने भनेको छ । तर, पैसा खाएर ट्राफिक प्रहरीहरुले दिउँसै यस्ता गाडीलाई चल्न दिएको छ । यस्ता सवारी साधनलाई किन कारबाही गरिएन ? ढुवानी गाडीले गर्दा ट्राफिक जाम र दुर्घटना बढेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: